Wednesday, February 23, 2011

सहकारी द्धारा बंगुरको मासु पसल संचालन


धादिङबेसी फागुन ११
धदिङबेशी बीच बजारमा पहिलो पटक सहकारी द्धारा संचालित बंगुरको मासुपसल संचालनमा आएको  छ । स्वालम्बी कृषि तथा पशुपालन सहकारी संस्था मुरली भञ्ज्याङ द्धारा उत्पादीत बुंगुरको मासु बिक्रि गर्ने गरी पसल संचालनमा आएको हो ।
पसल उद्घाटन समारोह संस्थाका अध्यक्ष सुर्य बहादुर लामिछाने मगरको सभापतित्वमा सम्पन्न भएको हो भने प्रमुख अतिथि जिल्ला पशुसेवा कार्यालयको प्रमुख डा. शीवजी प्रसाद दास रहनु भएको थियो ।  संस्थाका सदस्यहरु धादिङ मासु व्यवसायीहरु लगाएत विभिन्न संघसंस्थाका प्रतिनीधिहरुको सहभागीता रहेको सहकारीका  कृष्ण कोइरालाले जानाकारी दिनु भयो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।