धादिङबेसी फगुन १० गते / गंगाजमुना बहुउदेश्यीय सहकारी संस्था लिमिटिड मुलपानी ८ को बार्षिक साधारण सभा महेन्द्रदय उच्चमाध्यामिक विद्यालय मुलपानीमा सम्पन्न भएको छ । साधारण सभामा आर्थिक उपसमिति सदस्य उद्धवराज सापकोटाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा संस्थाको पुँजि ४ लाख ८ हजार २ सय ३८ र बचत तर्फ १ लाख ३८ हजार रहेको जानकारी गराईएको थियो ।
संस्थाकी उपाध्यक्ष मिना श्रेष्ठको अध्यक्षता रहेको साधारणसभामा महेन्द्रदय उच्चमाध्यामिक विद्यालयका प्रधानाध्यापक अम्बिर बहादुर अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमा ऋण समितिका संयोजक पदमबहादुर अधिकारीले स्वागत मन्तव्य र शंकर बहादुर अधिकारीले मन्तव्य राख्नु भएको थियो । सो अवसरमामा सहकारी सञ्चालनमा शेयर पुँजी थप्नुपर्ने, आर्थिक हिसाब किताव पारदर्शी हुनुपर्ने र सदस्यता वितरण विस्तार गरिनुपर्ने लागयतका विषयमा सहभागिले आफ्नो धारण राखेका थिए । साधारण सभाले निबर्तमान कार्यसमितिलाई नै निरन्तरता दिएको मुलपानीबाट उद्ववराज सापकोटाले जानकारी दिनुभएको छ ।
0 comments:
Post a Comment