Tuesday, February 22, 2011

चमेरेको साधारण सभा सम्पन्न

धादिङबेसी फगुन १० गते / चमेरे गुफा कृषि बहु उद्देशिय सहकारी संस्था लिमिटेड खाल्टेको दोश्रो वार्षीका साधरण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुप्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न साधारणसामा शहिद स्मृति सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष उत्तम कंडेलको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अिितथि कडेलले सहकारी विकास विना देशको आर्थिक विकास नहुने हुनाले राज्यको ध्यान सहकारी विकासमा जान जरुरी रहेको बताउनु भएको थियो । उहाँले सहकारी आफैमा सहकार्य भएकाले समुदायको सामुहिक लगानी र समुदायकै आवश्यकतामा संचालीत संस्थाहुनाले विकास र परिर्वतनको संवाहक सहकारी भएको बताउनुभएको थियो ।  साधारण सभामा एकीकृत नेकपा मओवादी खाल्टेका सचिव नवराज ढुङ्गाना, नेकपा एमालेका गाउँ पार्टी सचिव थमबहादुर थापा मगर, गाविस सचिव विश्व दुवाडी, महिला जन जागरण सहकारी संस्थ खाल्टेकी अध्यक्ष नविना श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो । विष्णुपुकार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सचिव निमबहादुर श्रेष्ठले सांगठनिक र कोषध्यक्ष उर्मिला श्रेष्ठले आर्थीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । २०६५ सालबाट आफ्नो कारोवार सुरु गरेको संस्थाको टोटल पुँजी २ लाख १८ हजार रहेको छ । ११५ जना शेयर सदस्य रहेको संस्थाले यस वर्ष ४० हजार नाफा आर्जन गर्न सफल भएको सो अवसरमा जानकारी दिइएको थियो । सहकारीले सुपथ मुल्य पसल पनि सञ्चालन गर्दै आइरहेको संस्थाका सचिव निमबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।