सुर्खेत, ४ फागुन / सुर्खेत जिल्लामा अहिले ३ सय ५५ वटा सहकारी संस्था कार्यरत छन् । गत आर्थिक वर्ष ०६६र६७ मा ३ सय ३२ वटा र चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म २३ वटा गरी जिल्लामा जम्मा ३ सय ५५ वटा सहकारी संस्था दर्ता भएका छन् । एकातिर जिल्लामा खुलेका सहकारी संस्थाहरूबाट ऋण लिएर व्यवसाय गर्नेहरूको जीवनस्तरमा ४० प्रतिशतसम्म सुधार आएको छ भने अर्कोतिर सहकारीहरूमा १ हजारभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेको डिभिजन सहकारी कार्यालय सुर्खेतले बताएको छ । जीवन स्तरमा सुधार आउनु र रोजगारीको अवसर राम्रो भएको हँुदाँ अहिले सुर्खेतमा सहकारीप्रति मानिसहरूको आकर्षण सहकारीतर्फ बढ्दै गइरहेको पाइन्छ ।
जिल्लामा रहेका सहकारी संस्थाहरूले वार्षिक ५० हजारदेखि ५० करोडसम्म कारोबार गर्ने गरेका छन् । हालसम्म जिल्लाभित्र रहेका सहकारीहरूको माध्यमबाट सेयरपुँजी ४५ करोडभन्दा माथि रहेको बताइएको छ । जिल्लामा दर्ता भएका ३ सय ५५ वटा सहकारीमध्ये २५ वटा सहकारी संस्था महिलाद्वारा सञ्चालित भएका छन् । महिलाद्वारा सञ्चालित सहकारी संस्थामा मात्र ५ हजार २ सय १९ जना महिला सदस्य आबद्ध छन् भने जिल्लाका अन्य सहकारी संस्थामा गरी कुल १७ हजार ५ सय ४२ जना महिलाहरू आबद्ध छन् । जिल्लामा महिलाद्वारा सञ्चालित सहकारी संस्थाहरूले लाखौं रुपैयाँको कारोबारा गर्न सफल भएको डिभिजन सहकारी कार्यालय सुर्खेतको तथ्यांकमा उल्लेख छ । सहकारीको माध्यमबाट सुर्खेतका महिलाहरूको कार्यक्षमतामा वृद्धि भएको बताइएको छ । सरकारले सुपथ मूल्यका सहकारी र सुपथ मूल्य पसल सञ्चालन गर्न देशभरका प्रत्येक गाविसमा एक लाखका दरले अनुदान रकम दिने भएपछि सुर्खेत जिल्लामा सुपथ मूल्य पसल सञ्चालनका लागि अनुदान रकम लैजाने ५१ वटा सहकारी संस्थामध्ये ३७ वटा क्रियाशील र १४ वटा निस्क्रिय अवस्थामा छन् । गत आर्थिक वर्षमा १२ वटा सहकारी संस्था खारेज भएका थिए भने हालसम्म जिल्लाका २५ वटा सहकारी खारेजमा परेका छन् ।
ग्रामीण क्षेत्रका सहकारीमध्ये दुग्ध सहकारी संस्था सहारे, कृषि सहकारी संस्था बोटेचौर, गुराँसे सहकारी संस्था गुराँसे त्यस्तै जडिबुटी सहकारी संस्था बड्डीचौर, गंगामाला स्वालम्वन बचत तथा ऋण सहकारी संस्था लि। छिन्चु, भावी बहुद्देश्यीय सहकारी संस्था लि। रानीबास, मौरी पालन सहकारी संस्था लि। वीरेन्द्रनगर नगरपालिका–११ पदमपुर र नवलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि। गुटु लगायतका सहकारी संस्थाले राम्रो व्यावसायिक कारोबार गरेको र स्रोत, साधनको प्रयोग पनि राम्रो सँग गरिरहेको डिभिजन सहकारी कार्यालय सुर्खेतका सहकारी अधिकृत आनन्द सारुले बताएका छन् । केही गाविसहरूमा सहकारीको बुझाइमा भएको सफल परिवर्तनसँगै केही सहकारी संस्था एकीकरण हुने तयारीमा रहेको समेत उनले बताए ।
आवश्यकताअनुसार स्रोत साधन तथा जनशक्तिको अभावले सहकारी संस्थाहरूलाई सहकारी सिद्धान्त, मूल्य मान्यताअनुरूप सञ्चालन हुन डिभिजन सहकारी कार्यालयले पर्याप्त मात्रामा सहयोग गर्न नसकिरहेको जनाइएको छ । क्षमता अभिवृद्धि, नियमन, अनुगमन, बजार व्यवस्थापन, तथा सुशासन स्थापना गर्न केही चुनौती रहेकाले जिल्लामा धेरैजसो सहकारी संस्थाहरू टाँठाबाँठाले निहित स्वार्थ पूर्ति गर्न सञ्चालन गरिरहेको पाईएकोले यसतर्पm सहकारीहरूको छाता संगठन तथा सञ्जालहरूले आवश्यक ध्यान पु¥याउनुपर्ने अधिकृत सारु बताउँछन् ।
सेयर सदस्यहरूलाई सहकारीको बारेमा पर्याप्त शिक्षा दिन सकिएमा सहकारी अभियानबाट समुदायले पर्याप्त प्रतिफल लिन सक्ने र विकृतिहरू हट्ने उनको भनाइ छ । सहकारीताबाट व्यावसायिक सफलता प्राप्त गरी सामाजिक, आर्थिक र साँस्कृतिक विकास गरी उदाहरणीय बन्नु पर्नेमा ठीकविपरीत जिल्लाको केन्द्रमा केही सहकारी संस्थाहरू सहकारी मूल्य, मान्यता, सिद्धान्तविपरीत गैर सदस्यहरू बनाउने तथा सेयर सदस्यहरूबीचमा वर्गीकरण गरी बढी निक्षेप संकलन गरी निहित व्यक्तिगत स्वार्थ पूरा गर्नतर्फ लागेको र कार्यक्षेत्र मिचेर गैर सदस्यहरूसँग बचत तथा ऋणको कारोबार गर्ने गरेको एवं राजनीतिक तथा अन्य संस्थाको भ्रातृ संगठनका रूपमा सहकारीलाई आफ्नै तबरले परिभाषित गर्न खोजिएको जस्ता विकृतिहरू सुर्खेत जिल्लामा पनि पाइएको कार्यालयले जनाएको छ । “यस्ता विकृति हटाउन पर्याप्त स्रोत, साधन एवं दक्ष जनशक्तिको उपलब्धता एवं सबै क्षेत्रको सहयोग र प्रतिबद्धता आवश्यक परेको र सुर्खेत जिल्लामा करिब ५ प्रतिशत सहकारी संस्थाहरू सहकारी मूल्य मान्यताविपरीत सञ्चालित भएका तथा १५ प्रतिशत जति विभिन्न कारणले निश्क्रिय अवस्थामा रहेको छन्,” सारुले भने ।
सदरमुकाम वीरेन्द्रनगरमा मात्रै १ सय ५० भन्दा बढी सहकारी संस्था सञ्चालित छन् । जिल्लामा दर्ता भएका सहकारीमध्ये अधिकांश बचत तथा ऋण कारोबारमा मात्रै सीमित रहेको डिभिजन सहकारी कार्यालय सुर्खेतको तथ्यांकमा उल्लेख छ । वर्तमान परिप्रेच्छमा सुर्खेत जिल्लामा २०४८ साल पछि सहकारीको माध्यमबाट जिल्लाको अर्थतन्त्र र नागरिकको जीवनस्तर उठाउने कार्यमा सहकारी संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको छ । कारोवार दैनिकबाट साभारजिल्लामा रहेका सहकारी संस्थाहरूले वार्षिक ५० हजारदेखि ५० करोडसम्म कारोबार गर्ने गरेका छन् । हालसम्म जिल्लाभित्र रहेका सहकारीहरूको माध्यमबाट सेयरपुँजी ४५ करोडभन्दा माथि रहेको बताइएको छ । जिल्लामा दर्ता भएका ३ सय ५५ वटा सहकारीमध्ये २५ वटा सहकारी संस्था महिलाद्वारा सञ्चालित भएका छन् । महिलाद्वारा सञ्चालित सहकारी संस्थामा मात्र ५ हजार २ सय १९ जना महिला सदस्य आबद्ध छन् भने जिल्लाका अन्य सहकारी संस्थामा गरी कुल १७ हजार ५ सय ४२ जना महिलाहरू आबद्ध छन् । जिल्लामा महिलाद्वारा सञ्चालित सहकारी संस्थाहरूले लाखौं रुपैयाँको कारोबारा गर्न सफल भएको डिभिजन सहकारी कार्यालय सुर्खेतको तथ्यांकमा उल्लेख छ । सहकारीको माध्यमबाट सुर्खेतका महिलाहरूको कार्यक्षमतामा वृद्धि भएको बताइएको छ । सरकारले सुपथ मूल्यका सहकारी र सुपथ मूल्य पसल सञ्चालन गर्न देशभरका प्रत्येक गाविसमा एक लाखका दरले अनुदान रकम दिने भएपछि सुर्खेत जिल्लामा सुपथ मूल्य पसल सञ्चालनका लागि अनुदान रकम लैजाने ५१ वटा सहकारी संस्थामध्ये ३७ वटा क्रियाशील र १४ वटा निस्क्रिय अवस्थामा छन् । गत आर्थिक वर्षमा १२ वटा सहकारी संस्था खारेज भएका थिए भने हालसम्म जिल्लाका २५ वटा सहकारी खारेजमा परेका छन् ।
ग्रामीण क्षेत्रका सहकारीमध्ये दुग्ध सहकारी संस्था सहारे, कृषि सहकारी संस्था बोटेचौर, गुराँसे सहकारी संस्था गुराँसे त्यस्तै जडिबुटी सहकारी संस्था बड्डीचौर, गंगामाला स्वालम्वन बचत तथा ऋण सहकारी संस्था लि। छिन्चु, भावी बहुद्देश्यीय सहकारी संस्था लि। रानीबास, मौरी पालन सहकारी संस्था लि। वीरेन्द्रनगर नगरपालिका–११ पदमपुर र नवलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि। गुटु लगायतका सहकारी संस्थाले राम्रो व्यावसायिक कारोबार गरेको र स्रोत, साधनको प्रयोग पनि राम्रो सँग गरिरहेको डिभिजन सहकारी कार्यालय सुर्खेतका सहकारी अधिकृत आनन्द सारुले बताएका छन् । केही गाविसहरूमा सहकारीको बुझाइमा भएको सफल परिवर्तनसँगै केही सहकारी संस्था एकीकरण हुने तयारीमा रहेको समेत उनले बताए ।
आवश्यकताअनुसार स्रोत साधन तथा जनशक्तिको अभावले सहकारी संस्थाहरूलाई सहकारी सिद्धान्त, मूल्य मान्यताअनुरूप सञ्चालन हुन डिभिजन सहकारी कार्यालयले पर्याप्त मात्रामा सहयोग गर्न नसकिरहेको जनाइएको छ । क्षमता अभिवृद्धि, नियमन, अनुगमन, बजार व्यवस्थापन, तथा सुशासन स्थापना गर्न केही चुनौती रहेकाले जिल्लामा धेरैजसो सहकारी संस्थाहरू टाँठाबाँठाले निहित स्वार्थ पूर्ति गर्न सञ्चालन गरिरहेको पाईएकोले यसतर्पm सहकारीहरूको छाता संगठन तथा सञ्जालहरूले आवश्यक ध्यान पु¥याउनुपर्ने अधिकृत सारु बताउँछन् ।
सेयर सदस्यहरूलाई सहकारीको बारेमा पर्याप्त शिक्षा दिन सकिएमा सहकारी अभियानबाट समुदायले पर्याप्त प्रतिफल लिन सक्ने र विकृतिहरू हट्ने उनको भनाइ छ । सहकारीताबाट व्यावसायिक सफलता प्राप्त गरी सामाजिक, आर्थिक र साँस्कृतिक विकास गरी उदाहरणीय बन्नु पर्नेमा ठीकविपरीत जिल्लाको केन्द्रमा केही सहकारी संस्थाहरू सहकारी मूल्य, मान्यता, सिद्धान्तविपरीत गैर सदस्यहरू बनाउने तथा सेयर सदस्यहरूबीचमा वर्गीकरण गरी बढी निक्षेप संकलन गरी निहित व्यक्तिगत स्वार्थ पूरा गर्नतर्फ लागेको र कार्यक्षेत्र मिचेर गैर सदस्यहरूसँग बचत तथा ऋणको कारोबार गर्ने गरेको एवं राजनीतिक तथा अन्य संस्थाको भ्रातृ संगठनका रूपमा सहकारीलाई आफ्नै तबरले परिभाषित गर्न खोजिएको जस्ता विकृतिहरू सुर्खेत जिल्लामा पनि पाइएको कार्यालयले जनाएको छ । “यस्ता विकृति हटाउन पर्याप्त स्रोत, साधन एवं दक्ष जनशक्तिको उपलब्धता एवं सबै क्षेत्रको सहयोग र प्रतिबद्धता आवश्यक परेको र सुर्खेत जिल्लामा करिब ५ प्रतिशत सहकारी संस्थाहरू सहकारी मूल्य मान्यताविपरीत सञ्चालित भएका तथा १५ प्रतिशत जति विभिन्न कारणले निश्क्रिय अवस्थामा रहेको छन्,” सारुले भने ।
0 comments:
Post a Comment