केपी भट्टराई
माघ २४, तरहरा सुनसरी । सुनसरीको तरहरास्थित कामधेनु दुग्ध विकास सहकारी संस्थाले आर्थिक वर्ष०६६र६७ मा रू। ७६ लाख खुद मुनाफा गरेको छ । सो सहकारीले उक्त आवमा रू। २१ करोड ६ लाख ३९ हजारको कारोबार गरी रू। १ करोड ८३ लाख ७७ हजार आम्दानी गरेको संस्थाका व्यवस्था निर्देशक टीकाप्रसाद ओझाले बताए । उनका अनुसार सहकारीले अघिल्लो आव ०६५र६६ मा रू। ५४ लाख ६ हजार खुद मुनाफा गरेको थियो । चालू आवमा संस्थाको रू। ८५ लाख खुद मुनाफा गर्ने लक्ष्य रहेको बताइएको छ ।
माघ २४, तरहरा सुनसरी । सुनसरीको तरहरास्थित कामधेनु दुग्ध विकास सहकारी संस्थाले आर्थिक वर्ष०६६र६७ मा रू। ७६ लाख खुद मुनाफा गरेको छ । सो सहकारीले उक्त आवमा रू। २१ करोड ६ लाख ३९ हजारको कारोबार गरी रू। १ करोड ८३ लाख ७७ हजार आम्दानी गरेको संस्थाका व्यवस्था निर्देशक टीकाप्रसाद ओझाले बताए । उनका अनुसार सहकारीले अघिल्लो आव ०६५र६६ मा रू। ५४ लाख ६ हजार खुद मुनाफा गरेको थियो । चालू आवमा संस्थाको रू। ८५ लाख खुद मुनाफा गर्ने लक्ष्य रहेको बताइएको छ ।
२०३६ सालमा रू। १० हजार लगानी गरी टीकाप्रसाद ओझाले व्यक्तिगत रूपमा सञ्चालन गरेको कामधेनु दुग्ध सङ्कलन संस्थालाई २०५७ सालमा कामधेनु दुग्ध विकास सहकारी संस्थाको रूपमा दर्ता गरिएको हो । शुरूमा दूध सङ्कलन गरी क्रीम, नौनी र घ्यू उत्पादन तथा विक्री गर्दै आएको सो संस्थाले केही वर्षपछिदेखि अत्याधुनिक उपकरण जडान गरी उत्पादनमा विविधिकरण गरेको ओझाले जानकारी दिए । सो सहकारीले दैनिक २० हजार लिटर दूध प्रशोधन गर्ने क्षमताको उद्योग पनि सञ्चालन गर्दैआएको छ । सो उद्योगले हाल दैनिक ८ हजार लिटर दूध सङ्कलन गरी दूध, दही, मही, पनीर, खुवा, नौनी घ्यू, खारेको घ्यूलगायत दुग्धजन्य पदार्थको उत्पादन गरी सुनसरी र मोरङका बजारहरूमा विक्री गर्दै आएको बताइएको छ । ओझाले भने, हाम्रा उत्पादनहरूले स्थानीय बजारकै माग पूरा गर्न नसकेकाले अन्यत्र बजार खोज्न परेको छैन ।’
उद्योगको क्षमताभन्दा कम दूध सङ्कलन भइरहेकाले दूध उत्पादन वृद्धिका लागि किसानलाई गाईभैंसी खरीद गर्न करीब रू। २ करोड सहकारीबाट ऋण लगानीसमेत गरिएको सहकारीका लेखापाल केदार बस्नेतले बताए । उनका अनुसार सहकारीले स्थानीय सहकारी संस्थासँग मिलेर ३० लाख रुपियाँको लागतमा चतरामा पशु विकास फर्मसमेत सञ्चालन गरिरहेको छ ।
सो संस्थाले हाल धनकुटा, तेह्रथुम, सुनसरी र मोरङका १० हजारभन्दा बढी किसानबाट दूध खरीद गर्दैआएको छ । कूल पूँजी रू। ६ करोडभन्दा बढी भएको सो संस्थाको आफ्नै सुविधासम्पन्न भवन, ६ हजार लिटर क्षमताको दूध ढुवानी गर्ने टयाङ्करसहित सात ओटा सवारी साधन पनि छन् । संस्थाले सुनसरीको प्रकाशपुर, चतरा, सिङ्गिया र भरौल, मोरङको उर्लाबारी, इटहरा, लेटाङ र बयरवन, धनकुटाको जोरपाटी, मूर्तिढुङ्गा, मारेक कटहरे, उत्तरपानी, खाल्डेलगायत स्थानमा चिस्यान केन्द्र तथा चिलिङ भ्याट राखेर दूध सङ्लन गर्ने गरेको छ ।
कामधेनु दुग्ध विकास सहकारी संस्थामा २३ ओटा संस्था र ८ सय व्यक्ति शेयर सदस्य छन् भने शेयर पूँजी रू। १ करोड ३६ लाख २६ हजार रहेको छ । साथै सहकारी विकाससम्बन्धी विभिन्न कोषमा रू.१ करोड ८४ लाख २० हजार रहेको पनि संस्थाले जानकारी दिएको छ । हाल मासिक १ लाख ८० हजार लिटरभन्दा बढी दूध खरीद गरिरहेको संस्थाले गत आर्थिक वर्षको रू। ४ करोड ३९ लाख १७ हजारको १५ लाख ७३ हजार ५ सय लिटर दूध खरीद गरेको थियो ।
लेखापाल बस्नेतका अनुसार संस्थाले खरीद गरेको दूधलाई प्रशोधन गरी गत आवमा संस्थाले रू.८० लाख ५३ हजार रुपैयाँको १ लाख ४९ हजार ८ सय किलोग्राम दही, रू। २५ लाख ९८ हजारको ६ हजार ५ सय ७० केजी नौनी घ्यू, रू। ५३ लाख ६५ हजारको ११ हजार ३ सय ९० केजी खारेको घ्यू, रू। ५ लाख ६६ हजारको १ हजार ६ सय ४१ केजी पनीर, रू। १० लाख ४५ हजारको ३ हजार ६० केजी खुवा तथा रू। १२ लाख ४३ हजारको ६६ हजार ९ सय लिटर मही उत्पादन गरी विक्री वितरण गरेको थियो । संस्थाले ५२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । www.abhiyan.com.
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment