इलामका चिया सहकारी संस्थाहरूले आफ्नै सक्रियतामा चिया कारखाना निर्माण गर्ने भएका छन् ।किसानको सोझै पहुँचमा रहेको यो देशकै पहिलो कारखाना हुनेछ । सरकारले ल्याएको सहकारी नीतिअनुसार ती सहकारीले एक्लाएक्लै चिया कारखाना निर्माण गर्न नसकेपछि एकआपसको सहकार्यमा कारखाना निर्माण गर्ने भएका हुन् ।
इलामेली चिया उत्पादक सहकारी संस्था फिक्कल, इको चिया उत्पादक संस्था कोल्बुङ, साना किसान सहकारी संस्था श्रीअन्तु, कन्याम सहकारी संस्था कन्याम र सुन्दरपानी सहकारी संस्था फिक्कलले सहकार्य गरी फिक्कल-३ मा कारखाना निर्माण गर्ने भएका हुन् । कारखाना निर्माणका इलामेली चिया उत्पादक संस्थाले १० रोपनी जग्गा प्रदान गरेको छ । दैनिक छ हजार प्रतिकिलो हरियो पत्तिको क्षमता रहने कारखानाको निर्माण अनुमानित लागत करिब दुई करोड रुपैयाँ हुने अनुमान छ । जिल्ला सहकारी सङ्घ र केन्द्रीय सहकारी सङ्घको समेत सहयोग रहने कारखाना निर्माणका लागि जिल्लाका दुई हजार किसान प्रत्यक्ष सहभागी रहने ब्लास्ट टाइम्स ले जनाएको छ ।
0 comments:
Post a Comment