Sunday, February 6, 2011

महिला घर दैलो कायक्रम

योगेन्द्र वियोगी धनकुटा २३ माघ 
सहकारी सम्वन्धि जनचेतना जागृत गराउन महिला उद्यमी वचत तथा ऋण सहकारी संस्था धनकुटाले आज धनकुटा बजरामा घर दैलो कार्यक्रमको आयोजना गरेको छ ।

छरिएर रहेका साना साना पूजीलाई संकलन गरेर सहकारीको माध्यमबाट महिला दिदी वहिनीहरुलाई आत्म निर्भर बनाउनका लागि सहकारी घर दैलो कार्यक्रमको आयोजना गरिएको महिला उद्यमी बचत तथा ऋण सहकारी संस्था धनकुटाकी अध्यक्ष कुसुम रानाले वताउनु भयो ।घर दैलो कार्यक्रममा अध्यक्ष कुसुम राना उपाध्यक्ष रेणु श्रेष्ठसुखकला राई लगायत महिला उद्यमी बचत तथा ऋण सहकारी संस्थाका पदाधीकारीहरुले सहकारी सम्वन्धी जनचेता जागृत गराई महिलाहरुलाई बचत गर्ने बानी वसाल्न आग्रह गरेका छन । धनकुटामा क्रियाशिल महिला उद्यमीहरुले एक महिना अघि मात्र महिला उद्यमी बचत तथा ऋण सहकारी संस्था दर्ता गरी अहिले क्रियाशिल भएका हुन ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।