Saturday, February 5, 2011

सहकारी संघको ११ औ वार्षिक साधरण सभा सम्पन्न

धादिङबेसी,  माघ २२ गते /  जिल्ला सहकारी संघ धादिङको ११ औँ वार्षीक साधारणसभा शनिवार  धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला विकास समिति पुर्व उपसभापति तथा शहिद स्मृति संचार सहकारी संस्था लिमिटेड धादिङका अध्यक्ष उत्तम कडेलको प्रमुख अतिथ्यता रहेको थियो । जिल्ला सहकारी संघ नाम काजी मात्र भएकोले कामकाजी बन्न प्रमुख अतिथि कडेलले आग्रह गर्न भएको थियो । उहाँले जिल्ला मा क्रियासिल सबै सहकारी संस्थाहरुलाई संघमा अवद्ध गरेर लगिएमात्र सहकारी आन्दोलन उत्कर्षमा पुग्ने बताउँदै यस तर्फ सघंको ध्यान जान जरुरी रहेको बताउनुभएको थियो ।
त्यसैगरी केनिद्रय कृषि सहकारी संघ अध्यक्ष एवं साना किसान कृषि सहकारी संघ धादिङका अध्यक्ष खेम पाठकले सहकारी आन्दोलनको इतिहासमा धादिङले ठुलो उपलब्धी हासिल गरेको बताउँदै । विभिन्न विकसित मुलुकबाट समेत सहकारी विकासको नमुना लिन धादिङ आउने गरेको बताउनु भएको थियो । उहाँले वर्तमान अन्तरीम संविधानमा राज्यको आर्थिक विकासका तीन वता पक्ष ( सरकारी, सहकारीता र निजी क्षेत्र) मध्य सहकारीलाई एक अंगको रुपमा राज्यले स्वकार्नु सहकारी आन्दोलनको  महत्वपूर्ण उपलब्धी भएको बताउनुभएको थियो ।
त्यसै गरी एसियाली ऋण महासंघको द्धितिय उपाध्यक्षतथा नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघका अध्यक्ष एवं जिल्ला सहकारी संघका अध्यक्ष मिनराज कडेलले एउटै उद्धेश्य बोकेर एकै क्षेत्रमा काम गदै आएका सहकारीहरु अन्य जिल्लाहरुमा एकिकरण सुरु भै सकेको र धादिङमा पनि मर्च गर्न सकिए सहकारीलाई तिब्र विकास गर्न सकिने बताउनु भएको थियो ।  उहाँले मुलुकको  गरिवि न्यूनिकरण गर्न र कुल वित्तिय क्षेत्रमा करीव १५ प्रतिशद र कुलगार्हथ्य उत्पादनमा करीव ३ प्रतिशद सहकारीको योगदान रहेको समेत जानकारी गराउनुभएको थियो ।
सहकारी विकासको आन्दोलनको विकासलाई जोडलाई दिइएको यस साधरण सभामा भैरवि वचत तथा ऋण सहकारी संस्थाका महासचिव रामलाल श्रेष्ठ, रेडियो कार्यक्रम सहकारी सरोकारका प्रस्तोता नारायण सिलवाल लगाएयले  शुभकामना मन्तव्य राख्नुभएको थियो । अहिले सम्म धादिङमा बहुउद्धेश्यीय सहकारी ४०, बचत तथा ऋण ७३, कृषि सहकारीहरु ९२, साना किसान कृषि सहकारीहरु २३ फलफुल तथा तरकारी २१, दुग्ध उत्पादक २२, विद्युत ५, चिया कफि ३, शैक्षिक १, स्वस्थ्य २, यातायात १, संचार ३, जडिबुटी ४, गरी २९० संस्थाहरु र विषयगत संघहरु साना किसान सहकारी, बचत तथा ऋण, दुग्ध उत्पादक र फलफुल तथा तरकारी गरी ४ र १ जिल्ला सहकारी संघ गरी २९५ संघ संस्थाहरु रहेका छन् ।


1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।