Thursday, February 3, 2011

१० औं वार्षिक साधरण सभा तथा जिल्ला अधिवेस उद्घाटन कार्यक्रम सम्पन्न

धादिङबेसी माघ २० गते साना किसान सहकारी संघ लिमिटेड धादिङ को १० औं वार्षिक साधरण सभा तथा जिल्ला अधिवेस उद्घाटन कार्यक्रम सम्पन्न । प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कार्यक्रममा उपस्थिति हुन नसके पछि यूनाइटेड मिसन टु नेपाल अन्तरगत धादिङ कलसटरका सल्लाहकार एवं बिषेश अतिथि रोयडन चेसवस ले उद्घाटन गर्नु भएको थियो ।
साना किसान सहकारी संघ केन्द्रिय अध्यक्ष तथा जिल्ला अध्यक्ष खेम बहादुर पाठकको सभापतित्वमा सम्पन्न उदघाटमा कार्यक्रमा विशेष अतिथि रोयडन चेसवडले साना किसान सहकारीलाई आर्थिक विकासको एउटा पाटो भएको र समाज विकास को प्रमुख
 पाटो पनि सहकारी भएकाले यूनाइटेड मिसन टु नेपाल साझेदारी गरिरहेको बताउन भएको थियो ।
कार्यक्रमा अतिथिहरु जिल्ला सहकारी संघ धादिङका गंगादत्त तिमल्सीना, समबृद्धि बिकास बैक गजुरीका प्रवन्धक धुर्वकुमार मुडवरी, लगायतले सहकारीलाई सफलतको शुभकामना दियका थिए । जिल्लाका क्रियाशिल ३६ वटा साना किसान सहकारी संस्थाहरुको साझा यस संघको नयाँ कार्य समिति आजै बस्ने बन्द सत्रले तय गर्ने छ ।



0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।