Tuesday, December 7, 2010

सहकारी सफलताको कथा

 कुरा ठूलो गरेर विकासको गन्तव्यमा पुग्न सकिने होइन, 
अपनाऔँ पद्धति सहकारी, हटाऔँ गरिबी र बेरोजगारी भन्ने मूलमन्त्र लिएर २०५५ सालमा स्थापना भएको धादिङ जिल्लाको सलाङमा गाउँ विकास समितिमा  रहेको साना किसान कृषि सहकारी संस्थाले आफ्ना ९ सय ९० जना सेयर सदस्यलाई समुह गत रुपमा ऋण दिने गरेको छ । गाउँका मानिसमा बचत गर्ने बानी बसाएको छ, जसले ठालूहरूबाट चर्को ब्याजदरमा ऋण काढ्न बाध्य निमुखा जनतालाई त्यस्तो शोषणबाट मुक्त गरेको छ । दलित, जनजाति र महिलालाई समूहमा आबद्ध गरी तिनमा ज्ञान र सीप प्रदान गरेको छ । सहकारी पसल सञ्चालन गरी केही वस्तुमा भए पनि जनतालाई मूल्य र गुणस्तरमा राहत प्रदान गरेको छ । भेटेनरी क्लिनिक सञ्चालन गरेको छ । व्यावसायिक बाख्रापालन कार्यक्रम सञ्चालन गरी निमुखा जनताको भान्छामा नुन, तेल र केटाकेटीको स्कुलखर्च जुटाउन सहयोग पुर्‍याएको छ । यस संस्थाको सदस्य बन्न समुहगत रुपमा आउनु पर्ने सहकारीले नियम बनाएको छ ।  तेसोत एकै पटक एकहजार तिर्न नसक्ने गरीवहरुले संस्था प्रवेस शुल्क भन्दा बाहेक रकम किस्तामा दश महिना भित्र बुझाए पनि हुने व्यवस्था गरेको छ । संस्थाले प्रौढकक्षा सञ्चालन गरेको छ, बंगुरपालन गरेको छ, पोखरीमा माछा पालेको छ, च्याउखेती गरेको छ, र केहि दिन पहिला मात्र  उद्घाटन भएको  दुई सय लिटर गोलभेडाको झोल तयार गर्ने क्षमता सहितको टोमाटो सस फ्याक्ट्री ले काम सुरु गरेको छ  । संस्थाका यी काम र उपलब्धि हामी सबैका लागि अनुकरणीय छन् ।
एकले थुकी सुकी, सयले थुकी नदी हुन्छ भन्नेमा विश्वास राख्ने सहकारीका अध्यक्ष गोपाल थापामगरले हामीलाई जानाकारी दिदै ,कृषि, पर्यटन उद्योग सञ्चालन गर्ने, चाडपर्व बचत र समृद्धि बचत कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे । उनका अनुसार उक्त सहकारी संस्थाले आगामी वर्ष०६७ र०६८ मा बाख्रापालन, , अर्गानिक तरकारी खेती, पशुबिमा, कुरिलो खेती, पर्यटन व्यवसाय, च्याउ खेती, बाबियोको डोरी, टपरी उद्योग सञ्चालन, साडीमा बुट्टा भर्ने, कुखुरापालन, बंगुरपालन, जडिबुटी संकलन, सस तथा अचार उद्योगमा तालिम दिने बताए । सलाङमा रेशम खेती गर्ने, कफी खेती गर्ने र कुरिलो खेती मा पनि संस्थाले हात हालेको छ । सहकारी अहिले ३ वर्षो योजना बनाई सन् २०११ को पर्यटन वर्षमा होम-स्टे सञ्चालन  गर्न पूर्वाधार निर्माणमा जुटेका छ  । यसका निम्ति सरसफाइमा जोड दिने, एक घर-एक चर्पीको अवधारणा लागू गर्ने, स्थानीय उत्पादनलाई स्थानीय स्वादमै पकाएर पाहुनालाई दिने, स्थानीय संस्कृति र कलाबाट स्वदेशी र विदेशीलाई मन्त्रमुग्ध पार्ने र रेशम बगैँचा क्षेत्रबाट दृश्यावलोकन गराउने , तयारीमा जुटेको छ। हलेदो हो भनेपछि सायदै कोट्याइरहनुपर्छ, अथवा हिङ हो भनेपछि सायदै सुँघिरहनुपर्छ सलाङलगायतका गाउँका साना किसानले गरेका उपलब्धि हेर्ने हिम्मत गरौँ, र तिनबाट सिकेर देशविकासको खाका तयार गरौँ, जुन जनताको आवश्यकता, तिनको क्षमता र राष्ट्र सुहाउँदो हुनसक्छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।