सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको प्रथम अधिबेसन तथा बार्षिक साधारण सभा बागलुङमा सम्पन्न भएको छ । अधिबेसनको उदघाटन गदै बरिष्ठ अधिबक्ता पद्यमनाथ शर्माले नेपालको बिकाशका लागि राजनीतिक क्रान्ती नभई आर्थिक क्रान्ती आवश्यक रहेको बताउनुभयो । उहाले सहकारीले बचत र ऋण लगानी भन्दा उत्पादनमुखी कार्यमा लाग्नुपर्ने बताउनु भएको थियो । सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्माको अध्यक्षतमा भएको उदघाटन सत्रमा एकिकृत माओबादीका जिल्ला सेक्रेटरी टेकबहादुर केसीनेपाली काग्रेसका जिल्ला सभापती प्रकाश शर्मा लगायतले बोल्नुभएको थियो । सो कार्यक्रममा सहकारीका सचिब हरिकृष्ण सुबेदीले प्रगती प्रतिबेदन र कोषाध्यक्ष संगीता शर्मा पौडेलले आर्थिक प्रगती तथा ०६७र६८ को प्रस्ताबित बजेट प्रस्तुत गर्नुभएको थियो । सो अधिबेसनले चण्डी प्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्ष हरि प्रसाद गौतम सचिव हरिकृष्ण सुवेदी सह सचिव विष्णु प्रसाद शर्मा कोषाध्यक्ष सदस्य प्रतिभा शर्मा दिनानाथ गौतम पुर्ण बहादुर के।सी। तारा विश्वकर्मा सीता शर्मा राजेन्द्र साक्य गीता रेग्मी चुडामणी आचार्य रहेका छन् ।





0 comments:
Post a Comment