पौष १६ गते / नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी नेप्सकोन अध्यक्ष मिनराज कंडेलले सहकारी क्षेत्रको लागि छुट्टै सहकारी मन्त्रालयको स्थापना हुनुपर्ने बताउनु भएको छ । भैरवी वचत तथा ऋण सहकारी संस्था नीलकण्ठ ५ धादिङबेसीको ९ औं साधारण सभा एवम् भवन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले कार्यदल मार्फ सरकारलाई छुट्टै सहकारी मन्त्रालय र माध्यमिक तह एवम् उच्च शिक्षामा सहकारी पाठ्यक्रमको माग गरेको बताउनु भयो । एउटै कार्यक्षेत्र भित्र रहेका संस्थाहरुलाई एकीकृत गरेर अगाडी बढ्यो भने यसले अझ बढी सेवा र सुबिधा दिन सक्ने भन्दैभैरवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षर् इश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको नवौँ वार्षिक साधारणसभामा संस्थासंग उत्कृष्ट कारोबार गर्ने असल ऋणी १९ जना शेयर सदस्यहरुलाई सम्मान गरीएको थियो । यसैगरी प्रवेसीका परीक्षा २०६६/०६७ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी सन्तोष श्रेष्ठ र यूनिक लोहनीलाई प्रतिव्यक्ति नगद १ हजार १ रुपैंया सहित प्रसंशापत्र दिएर सम्मान गरीएको छ । यस्तै प्रवेशीका परीक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरी मध्येबाट अन्य १५ जनालाई प्रसंसा पत्र दिएर सम्मान गरीएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष बिष्णुलाल श्रेष्ठले आर्थिक प्रतिबेदन र महासचिव रामलाल श्रेष्ठले प्रगती प्रतीबेदन प्रस्तुत गर्नुभएको थियो । सुरुमा १ सय ५५ जना शेयर सदस्यबाट कारोबार शुरु गरेको संस्थामा हाल कुल ५ सय ५३ जना शेयर सदस्य र १ सय जना बाल वचत सदस्य रहेको सो अवसरमा जानकारी दिइएको थियो । संस्थाले १३ लाख ६७ हजार अर्थात ५८ प्रतिशत खुद वचत गर्न सफल भएको अध्यक्षर् इश्वरकुमार श्रेष्ठले बताउनु भयो ।





0 comments:
Post a Comment