Friday, December 31, 2010

पिण्डेश्वरी बहुउद्धेश्यिय सहकारीको आठौं साधारण सभा

पौष १६ गते / पिडा गाउं विकास समितिको वडा नम्वर २ घाटबेसीमा रहेको पिण्डेश्वरी बहुउद्धेश्यिय सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायणप्रसाद अर्यालको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथी जिल्ला सहकारी संघ धादिङका प्रतिनिधी एवं  कर्मचारी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष  परशुराम सुबेदी रहनुभएको थियो ।
उहाँले गाउँ-गाउँ सहकारी प्रशिक्षण चलाएर भए पनि सहकारी सिद्धान्तका बिषयमा सबैले बुझ्न र बभाउन आवश्यक रहेको बताउनु भएको थियो । साधारण सभाले पुरुषोत्तम न्यौपानको अध्यक्षतामा १३ सदस्यिय नयां संचालक समितिको चयन गरेको छ । समितिको उपाध्यक्षमा ईश्वरीप्रसाद शर्मा ,सचिवमा अर्जुनप्रसाद न्यौपाने ,सह सचिवमा राजेन्द्रप्रसाद ढुङगाना र कोषाध्यक्षमा श्यामप्रसाद न्यौपाने चयन हुनुभएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।