Friday, December 31, 2010

महिलाको उत्थानका लागि ३७ लाख रुपियाँ लगानी


म्याग्दी ने.स./ म्याग्दी जिल्ला सदरमुकाम बेनीबजारस्थित नारी जागृति महिला विकास बहुउद्देस्यीय सहकारी संस्थाले आर्थिक स्थिति कमजोर भएका महिलाहरूको उत्थानका लागि ३८ लाख रुपियाँभन्दा बढी लगानी गरेको संस्थाद्वारा जनाइएको छ।
११ वर्षघि स्थापना भएको सो सहकारी संस्थाले विपन्न वर्गका महिलाहरूलाई आयआर्जनमूलक क्रियाकलापमा संलग्न बनाएर उनीहरूको आर्थिक स्तर सुधार्न हालसम्म ३८ लाख ९ हजार २ सय ७८ रुपियाँ लगानी गरेको संस्थाका प्रबन्धक बिष्णु सापकोटाले जानकारी दिनुभयो। संस्थाले लगानी गरेका कारण बेनी, पुलाचौर, अर्थुङ्गे, ज्याम्रुककोट, सिङ्गा, भकिम्ली, पुलाचौरलगायत गाविसका २ सय ४ जना महिलाहरूले आयआर्जनमूलक काम गरेर आत्मनिर्भरता तर्फअग्रसर हुनुका साथै उनीहरूको आय वृद्धिमा ठूलो भूमिका संस्थाले खेलेको दाबी पनि संस्थाले गरेको छ। ११ वर्षघि १ सय १२ जना महिलाहरूले १०र१० रुपियाँ संकलन गरेर सहकारी सुरू गरेका थिए।
संस्थाकी अध्यक्ष अमृतादेवी बानियाका अनुसार सामूहिक जमानीका आधारमा लगानी गर्ने गरिएको बताउनुभएको छ।
महिलाहरू मात्र सञ्चालक र लगानीकर्ता रहेको सो संस्थाले तरकारी खेती, बाख्रापालन, पशुपालन, कुखुरापालन, बंगुरपालन, साना व्यवसायलगायत ग्रामीण महिलाहरूको आयस्तर सुधार हुने किसिमका क्षेत्रमा आफूहरूले लगानीलाई
प्रोत्साहन गर्ने गरेको प्रबन्धक सापकोटाले बताउनुभयो।
संस्थाले आयआर्जनका साथै किशोरी तथा महिलाहरूलाई किशोरावस्थामा आउने परिवर्तन र घरेलु हिंसाको बारेमा परामर्श दिन किशोरी सूचना केन्द्र पनि सञ्चालन गरेको छ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।