Friday, January 7, 2011

गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्थाको तेस्रो साधारणसभा

पोखरा, २४ पुस। गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्था लिमिटेडको तेश्रो वाषिर्कोत्सव तथा साधारणसभा बिहीबार पोखरामा सम्पन्न भएको छ। आर्थिक वर्ष ०६६र०६७ को असार मसान्तसम्म सहकारीको एक करोड ४६ हजार एक सय र गण्डकी टेलिभिजनको ३० लाख गरी जम्मा एक करोड ३० लाख ४६ हजार एक सय रूपैयाँ शेयर पुँजी रहेको र एक करोड ३७ लाख ३३ हजार ७ सय ८ रूपैयाँ बचत संकलन गर्न सफल भएको सो संस्थाले जनाएको छ।
कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मण तमुले वाषिर्क प्रतिवेदन गर्नुभएको थियो। अध्यक्ष गुरुङको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव एलपी बञ्जाराले गर्नुभएको थियो। संस्थाले रेडियो गण्डकी, गण्डकी टेलिभिजन, गण्डकी रेमिट्यान्स, वित्त कारोबार लगायतका विभिन्न सेवाहरू सञ्चालन गर्दै आएको छ।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।