Sunday, January 9, 2011

पार्वती महिला बचत तथा ऋण सहकारी संस्था लि. साधारणसभा सम्पन्न


पार्वती महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड धावा ३ गोरखाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष शान्ता लामिछानेको अध्यक्षतामा सम्पन्न साधारणसभा भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
साधारणसभामा सचिव मिनांक्षी सिंखडाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सम्झना भट्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकारहरु दयाराम सिंखडा, मिनप्रसाद सिंखडा लगायतको उपस्थिति रहेको थियो । १३५ जना शेयर सदस्यहरु रहेको संस्थामा ७ लाख शेयर पँूजी रहेको गोरखाबाट मिनांक्षी सिंखडाले जानकारी दिनुभएको छ ।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।