Friday, January 7, 2011

बहुउद्देश्यीय सहकारी संस्था लि. धुवाँकोटको तेस्रो वार्षीक साधारण सभा सम्पन्न

धादिङ पौष २३ गते सुमन अधिकारी
 धुवाँकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धुवाँकोटको तेस्रो वार्षीक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष छमबहादुर दहालको अध्यक्षतामा सम्पन्न साधारणसभामा एकीकृत नेकपा माओवादी धुवाँकोटका इञ्चार्ज देवराज आचार्यको प्रमुख आतिथ्य रहेको थियो । साधारण सभामा प्रगतिशील महिला वचत तथा ऋण सहकारीका अध्यक्ष कमला तामाङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
संस्थाका शेयर सदस्य गोविन्द न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कोषाध्यक्ष नवराज दुवाडीले संस्थाको वार्षिक आय-व्याय प्रस्तुत गर्नु भएको थियो । हाल १ सय ५३ जना शेयर सदस्य रहेको संस्थाले यस वर्ष २२ लाख ५१ हजार १ सय ५१ रुपयाँको कारोबार गरेको सो अवसरमा जानकारी दिइएको थियो । सरस्वती उच्च माध्यमिक विद्यालय धुवाँकोटको प्रङ्गणमा भएको साधारण सभामा संस्थाको सफलता, चुनौती र भावी कार्य योजनाको बारेमा छलफल भएको थियो । २०६५ सालमा स्थापीत संस्थले सुपथ मुल्य पसल सञ्चालन गर्दै अएको छ भने प्रत्येक शेयर सदस्यहरुले संस्थामा मासिक ५० रुपयाँ वचत गर्ने गरेको छ ।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।