खै त ? सहिद गेट
०६८ असार २४ शिलान्यास गर्नु भएको सहिद गेट खै त ? एक वर्षमा पनि बन्न नसक्ने गरि के सिलान्यास गर्नु भएको कमरेड ....
धादिङबेसी सफा होला त ?
एक वर्ष देखि व्यवस्थापन हुन नसकेको धादिङबेसीको फोहोर शनिवार अस्थायी रुपमा मुरली भञ्ज्याङ, च्याँडुदोभानमा फालिदै ....फोहर फाल्न अवरोध भए प्रहरी परिचालन गरिने ...
सडक हिफाजत कि मुन्द्रे हिफाजत
सडक बचावटका लागि जिविस धादिङले ग्रमिण क्षेत्रका सडकमा यातायत संचालनमा रोक लागे पनि मुन्द्रेलाई ५ सय तिरे पछि गाडी चलाउन पाइन्छ । जिविस धादिङले सडक संरक्षण गरेको हो कि मुन्द्रे बुझिनसक्नु छ ।
बर्खा लाग्यो होसियार
नलाङ धौखोलामा गत साल यसै समयमा पल्टिएको गाडी त्यो दुर्घटनाघाईते भए पनि धन्न ज्यानै जाने क्ष्यति भने भएको थिएन ।
Showing posts with label सञ्चार सहकारी. Show all posts
Showing posts with label सञ्चार सहकारी. Show all posts
Tuesday, February 1, 2011
संचार बचत तथा ऋण सहकारी संस्थाले सोमबारदेखि लागु हुनेगरी पत्रकारहरुको दुर्घटना बिमा सुरु
एनएमखबर
काठमाण्डौ, माघ १८ गते / श्रमजीवी पत्रकारहरुको पहिलो सहकारी ‘संचार बचत तथा ऋण सहकारी संस्थाले पत्रकारहरुको सोमबारदेखि लागु हुनेगरी दुर्घटना बिमा सुरु गरेको छ। संचार बचत र शिखर इन्स्योरेन्स कम्पनीबीच सोमबार सम्पन्न सम्झौता अनुसार प्रत्येक सदस्य पत्रकारको ३ लाख रुपैया बराबरको दुर्घटना बिमा गरिएको छ। सम्झौता अनुसार संचार बचतमा आवद्ध पत्रकारहरु कुनै दुर्घटनामा परे ३ लाख बराबरको उपचार खर्च शिखर इन्स्योरेन्सले उपलब्ध गराउनेछ ।
Sunday, January 16, 2011
सामुदायिक रेडियो सारथीको परीक्षण प्रसारण शुरु
बागलुङ माघ २ । शान्ति सम्वृद्धि र समुन्नत समाजका लागि सामुदायिक रेडियो सारथी भन्ने नारा सहित ग्रामीण विकासका लागि साचार कार्यक्रमद्धारा सन्चालित सामुदायिक रेडियो सारथी १०७। दशमलव ४ मेगाहर्जले परीक्षण प्रशारण शुरु गरेको छ । बागलुङ जिल्लाको सदरमुकामदेखी ६५ किलोमिटर पश्चिम दगातुन्डाँडा गाविस वडा नं। ७ खर्वाङबाट रेडियो प्रशारण शुरु भएको हो ।
स्थानीय प्रतिभाको विकास कला संस्कृतिको सम्वद्र्धन समुन्नत समाजको परीकल्पना आन्तरीक पर्यटनको विकास शान्ति समानता र पहिचानका लागि रेडियो शुरु गरीएको स्टेशन मेनेजर विष्णु भुसालले बताए ।सुचना समाचार मनोरन्जनको साथी रेडियो सारथी १०७ दशमलव ४ मेगाहर्ज बागलुङको पश्चिम गुल्मी स्याङ्जा पाल्पा लगाएतका ठाउँमा सुन्न सकिने भुसालले जानकारी दिए ।

Friday, January 14, 2011
कास्कीमा आमसञ्चार बहुद्धेश्यीय सहकारी संस्थाको गठन
आदर्श समाज पोखरा, २९ पुस।कास्कीका पत्रकारहरुको बिहीबार पोखरामा सम्पन्न भेलाले पत्रकार कृष्ण थापाको संयोजकत्वमा आमसञ्चार बहुद्धेश्यीय सहकारी संस्थाको सात सदस्यीय तदर्थ समिति गठन गरेको छ।
पत्रकारहरुको आर्थिक समृद्धि र सहकार्यलाई बलियो बनाउने उद्देश्यले भएको भेलाले सहकारीका अन्य सदस्यहरुमा सुष्मा पौडेल, सुदीपराज ढुङ्गना, सागरराज तिमिल्सिना, हुमबहादुर तमु, अनिल अधिकारी र डोलराज पोखरेललाई चयन गरेको छ। भेलापछि तदर्थ समितिको बिहीबार नै बसेको पहिलो बैठकले सहकारीको तदर्थ समितिको सहसंयोजकमा सुष्मा पौडेल, सचिवमा सुदीपराज ढुङ्गाना र कोषाध्यक्षमा सागरराज तिमिल्सिनालाई जिम्मेवारी दिने निर्णय गरेको छ।

Friday, January 7, 2011
गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्थाको तेस्रो साधारणसभा
पोखरा, २४ पुस। गण्डकी माछापुच्छ्रे सञ्चार सहकारी संस्था लिमिटेडको तेश्रो वाषिर्कोत्सव तथा साधारणसभा बिहीबार पोखरामा सम्पन्न भएको छ। आर्थिक वर्ष ०६६र०६७ को असार मसान्तसम्म सहकारीको एक करोड ४६ हजार एक सय र गण्डकी टेलिभिजनको ३० लाख गरी जम्मा एक करोड ३० लाख ४६ हजार एक सय रूपैयाँ शेयर पुँजी रहेको र एक करोड ३७ लाख ३३ हजार ७ सय ८ रूपैयाँ बचत संकलन गर्न सफल भएको सो संस्थाले जनाएको छ।
Saturday, December 18, 2010
शहिद स्मृती सञ्चार सहकारी संस्था लिमिटेडको दोस्रो वाषर्ीक साधारण सभा सम्पन्न
धादिङ पौष ३ गते रेडियो बिहनी ९७.६ मेगाहर्जको सञ्चालक संस्था शहिद स्मृती सञ्चार सहकारी संस्था लिमिटेड धादिङको दोश्रो वाषिर्कक साधारण सभा आज धादिङबेशीमा सम्पन्न भएको छ । धादिङ उद्योग वाणीज्य संघको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन शत्रमा एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य तथा धादिङ क्षेत्र नं. १ का सभाषद पुष्प विक्रम मल्लको प्रमुख आतिथ्य र शहिद स्मृती सहकारी संथाका अध्यक्ष उत्तम कंडेलको अध्यक्षता रहेको थियो। साधारण सभामा धादिङ क्षेत्र नं. २ की सभाषद कल्पना धमला, एकीकृत नेकपा माओवादीका केन्द्रीय सदस्य वेदनिधि अधिकारी, धादिङका सह-इञ्चार्ज रामबहादुर भण्डारी, नेपाली काँग्रेस धादिङका शिवराज गिरी, नेकपा एमाले धादिङका शिवराज सापकोटा, उद्योग वाणिज्य महासंघ मध्यमाञ्चल क्षेत्रीय अध्यक्ष ध्रुबबहादुर थापा, पत्रकार महा-संघ धादिङका सभापति सीतारामप्रसाद वर्मा, रेडियो मनकामनाका स्टेसन म्यानेजर प्रलाद पोखरेल, रेडियो लोकतन्त्रका कार्यकारी निर्देशक दिपक कोइराला, ग्रामिण सञ्चार सहकारी संस्था लिमिटेडका प्रतिनिधि कुलमान विश्वकर्मा, कृषी रेडियोका स्टेसन म्यानेजर सरोज पौडेल लगायतको आतिथ्य रहेको थियो । साधारण सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख अतिथि मल्लले अहिले नेपालमा राष्ट्रबादी र राष्ट्रघाती बीच लर्डाई चलिरहेको बताउनु भएको छ ।