Saturday, December 25, 2010

कर्मचारी कल्याण बहुउद्धेययि सहकारी संस्थाको तेश्रो वाषिर्क साधरण सभा सम्पन्न

धादिङबेसी पौष १० गते / तेश्रो वाषिर्क साधरण सभा आज धादिङबेसी स्थित नीलकण्ठ श्रोत केन्द्रको भवनमा  सम्पन्न
श्री कर्मचारी कल्याण बहुउद्धेशिय सहकारी संस्था लिमिटेड नीलकण्ठ  ५ धादिङको तेश्रो वाषिर्क साधरण सभा शनिवार धादिङबेसी स्थित नीलकण्ठ श्रोत केन्द्रको भवनमा  सम्पन्न भएको छ । कार्यमका प्रमुख अतिथि तथा सहकारी संघ धादिङका सचिव गंगादत्त तिमल्सिनाले  सहकारी विकास विना देश विकासको कल्पना नगरे पनि हुन्छ भन्दै राज्यले प्रभावकारी ढंगबाट सहकारी शिक्षालाई अगाडी ल्याउनु पर्ने बताउँदै ऋण लिदा पनि बैक मालिक हुने र दिदा पनि वैंक नै मालिक बन्ने भएकाले राख्दा र लिदा जे गरे पनि आफै मालिक बन्ने माध्यम नै सहकारी भएको बताउनु भएको थियो ।
कार्यक्रमा विशेष अतिथि तथा निमित्त जिल्ला शिक्षा अधिकारी कृष्ण कुमार श्रेष्ठले बिभिन्न पार्टर्ीी आस्थाका आधारमा  सहकारी संचालन गरिनु नितान्त राम्रो नभएको बताउँदे वचत सहकारी को उद्धेश्य  आजको वचत भोलिको लाभांस भएकोले त्यहि अनुसार सहकारीलाई  अगाडी बढाउनु पर्ने बताउनु भएको थियोे ।
यसैगरी  अतिथि हरु जिल्ला सहकारी संघ धादिङ सदस्य भगवती उप्रती, पशु सेवा कार्यालय धादिङका डा. शिवजी प्रसाद दास, कृषि विकास कार्यालय धादिङका निमित्त प्रमुख होमनाथ लम्साल श्रोत वचत तथा ऋण सहकारी संस्थाका अध्यक्षर् इश्वर कुमार श्रेष्ठ , पशुपति दुग्द्ध सहकारी संस्थाका राम प्रसाद रिजाल लगायतले बोल्नु भएको थियो  । साधरण सभामा ०६६ सालको एस.एल.सि मा सवै भन्दा बढी अंक ल्याउने सेयर सदस्यका छोरा छोरीलाई सम्मान गरिएको थियो । सबभन्दा बढी अंक ल्याउने छात्र तर्फ सेयर सदस्य र्सर्ुय प्रसाद देवकोटाको छोरा शिसिर देवकोटा र छात्रा तर्फरामहरी श्रेष्ठको छोरी सुजाता श्रेष्ठलाई  सम्मान गरिएको हो । त्यसै गरी अपाङग लिलानारायण श्रेष्ठका छोरा विष्णु कुमार श्रेष्ठ लाई यस वर्षमासिक १०० दरले अपाङग भत्ता दिने समेत घोषण गरेको छ । वचत तथा ऋण मात्र कारोवार गरि रहेको यस वहुउद्धेशिय सहकारी संस्थाको अहिले सम्मको  आय व्याय १२ लाख ६१ हजार ४ सय ८३ रुपैयाँ रहेको छ ।  संस्थाले यस वर्षमात्र शुद्ध नाफा २३ हजार ९ सय ५१ रुपयाँ रहेको छ । १ सय ६४ सेयर सदस्य रहेको यस संस्थाले २ सय, ३ सय र ५०० का दरले मासिक वचतको कार्यक्रम संचालन गरि रहेको छ भने साविक ऋण असुल गर्ने अवधि ६ महिना रहेकोमा ०६७ माघ १ देखि ९ महीना कायम गर्ने भएको छ ।
खि ९ महीना कायम गर्ने भएको छ

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।