खै त ? सहिद गेट
०६८ असार २४ शिलान्यास गर्नु भएको सहिद गेट खै त ? एक वर्षमा पनि बन्न नसक्ने गरि के सिलान्यास गर्नु भएको कमरेड ....
धादिङबेसी सफा होला त ?
एक वर्ष देखि व्यवस्थापन हुन नसकेको धादिङबेसीको फोहोर शनिवार अस्थायी रुपमा मुरली भञ्ज्याङ, च्याँडुदोभानमा फालिदै ....फोहर फाल्न अवरोध भए प्रहरी परिचालन गरिने ...
सडक हिफाजत कि मुन्द्रे हिफाजत
सडक बचावटका लागि जिविस धादिङले ग्रमिण क्षेत्रका सडकमा यातायत संचालनमा रोक लागे पनि मुन्द्रेलाई ५ सय तिरे पछि गाडी चलाउन पाइन्छ । जिविस धादिङले सडक संरक्षण गरेको हो कि मुन्द्रे बुझिनसक्नु छ ।
बर्खा लाग्यो होसियार
नलाङ धौखोलामा गत साल यसै समयमा पल्टिएको गाडी त्यो दुर्घटनाघाईते भए पनि धन्न ज्यानै जाने क्ष्यति भने भएको थिएन ।
Showing posts with label बहुउद्धेश्यक सहकारी. Show all posts
Showing posts with label बहुउद्धेश्यक सहकारी. Show all posts
Monday, January 10, 2011
किप्कासा बहुउद्देश्यीय सहकारी संस्था लि. दोस्रो बाषिर्क साधारणसभा सम्पन्न
किप्कासा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड किराञ्चोकको दोस्रो बाषिर्क साधारणसभा शनिबार किराञ्चोकमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राम्जीबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा एकीकृत नेकपा माओवादी धादिङका सह-इञ्चार्ज उत्तम कंडेलको प्रमुख आतिथ्य रहेको थियो । साधारणसभालार्इ सम्बोधन गर्दै प्रमुख अतिथि कँडेलले सहकारीले नै आधारभूत तहका जनताको जीवनशैली सहज बनाउने माध्यम भएको भएको थियो ।
Friday, January 7, 2011
बहुउद्देश्यीय सहकारी संस्था लि. धुवाँकोटको तेस्रो वार्षीक साधारण सभा सम्पन्न
धादिङ पौष २३ गते सुमन अधिकारी
धुवाँकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड धुवाँकोटको तेस्रो वार्षीक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष छमबहादुर दहालको अध्यक्षतामा सम्पन्न साधारणसभामा एकीकृत नेकपा माओवादी धुवाँकोटका इञ्चार्ज देवराज आचार्यको प्रमुख आतिथ्य रहेको थियो । साधारण सभामा प्रगतिशील महिला वचत तथा ऋण सहकारीका अध्यक्ष कमला तामाङ लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।
Sunday, December 12, 2010
कालिक बहुउद्धेश्यक सहकारी संस्थाको बार्षिक साधरण सभा सम्पन्न
(लोकनाथ मरासिनी) स्याङ्जा, मंसिर २५ -
कालिक बहुउद्धेश्यक सहकारी संस्था ठुलाडिहि ८ स्याङ्जाको सातौ वार्षिक साधरणसभा सम्पन्न भएको छ । सम्पन्न साधारण सभाले संस्थाको गत आर्थिक वार्षको ३८ लाख बराबरको अया व्यय विवरण पेश गर्दै आगामि आर्थिक वार्षका लागि ८० लाख बराबरको अया व्यय विवरण सार्वजनिक गरेको छ ।
संस्थाका अध्यक्ष खेमनारायण दोरङ्गाको अध्यक्षतामा सम्पन्न भएको सो साधरण सभाकै भेला मार्फत ठुलाडिहि क्षेत्र भित्रबाट यस वर्षको प्रवेशिका परिक्षामा सर्वउत्कृष्ठ अंक ल्याउने दुई विद्यर्थिलाई सम्मान समेत गरेको छ । सम्मानित हुने विद्यार्थिहरुमा मदरल्यान्ड बोर्डिङ स्कुलका समुन्द्र नेपाल र जनता उच्च माविकी सपना थापा रहेको संस्थाले जनाएको छ । स्थानिय बयोबृद्ध ९२ वर्षिय रुकुमबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्याङ्जा जिल्ला सहकारी संस्थाका प्रबन्धक टेकबहादुर गोदार, ढकबहादुर राना, नरेन्द्रविक्रम थापा, विशेश्वरप्रसाद रेग्मी, रेडक्रस उपशाखाका सभापति रामप्रसाद रेग्मी, गाविस अध्यक्ष शोभाचन्द्र रेग्मी लगायतले बोल्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष मानध्वज थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन सचिव बेलु गुरुङ्ले गर्नुभएको थियो । साथै संस्थाको अजा सम्पन्न सातौ वार्षिक साधरण सभाले १८ बुधे निति तथा कार्यक्रम समेत पारीत गरेको संस्थाले जनाएको छ ।



