खै त ? सहिद गेट

०६८ असार २४ शिलान्यास गर्नु भएको सहिद गेट खै त ? एक वर्षमा पनि बन्न नसक्ने गरि के सिलान्यास गर्नु भएको कमरेड ....

धादिङबेसी सफा होला त ?

एक वर्ष देखि व्यवस्थापन हुन नसकेको धादिङबेसीको फोहोर शनिवार अस्थायी रुपमा मुरली भञ्ज्याङ, च्याँडुदोभानमा फालिदै ....फोहर फाल्न अवरोध भए प्रहरी परिचालन गरिने ...

सडक हिफाजत कि मुन्द्रे हिफाजत

सडक बचावटका लागि जिविस धादिङले ग्रमिण क्षेत्रका सडकमा यातायत संचालनमा रोक लागे पनि मुन्द्रेलाई ५ सय तिरे पछि गाडी चलाउन पाइन्छ । जिविस धादिङले सडक संरक्षण गरेको हो कि मुन्द्रे बुझिनसक्नु छ ।

बर्खा लाग्यो होसियार

नलाङ धौखोलामा गत साल यसै समयमा पल्टिएको गाडी त्यो दुर्घटनाघाईते भए पनि धन्न ज्यानै जाने क्ष्यति भने भएको थिएन ।

गाउँले बालबालिकाको प्यारो खेल

गट्टा खेलको अस्तित्व जोगाउँदै चैनपुर हुलाकभञ्ज्याङका बालबालिकाहरु

Showing posts with label जनसेवा उपभोक्ता सहकारी. Show all posts
Showing posts with label जनसेवा उपभोक्ता सहकारी. Show all posts

Thursday, January 20, 2011

जनसेवा सहकारीमा आगलागी


राजेन्द्र न्यौपाने गोरखा , ६ माघ । गोरखा जिल्लाको छोप्राक गा.वि.स.मा रहेको जनसेवा उपभोक्ता सहकारीमा गएराती आगलागी भएको छ । आगलागीबाट सहकारीको सात लाख ३५ हजार चार सय ५१ रुपैंया नोक्सान भएको जिल्ला उपभोक्ता सहकारी संघ गोरखाले बताएको छ ।
छोप्राक वडा नं. ५ स्थित चन्द्रमाया गुरुङको घरमा  रहेको सहकारीमा गएराती १२ बजेदेखि आगलागी भएको स्थानीयहरुले बताएका  छन् । के कारणले आगलागी भयो भन्ने बारेमा अनुशन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले बताएको छ ।
आगलागीबाट तीन लाख मुल्यको चामल, एक लाखको चिनी, दुइ लाखको तेल र अन्य धेरै उपभोग्य समानहरु ज्ालेर नष्ट भएको छ । आगलागीबाट घर पुर्णरुपमा  ध्वस्त भएको छ । जिल्ला उपभोक्ता सहकारीले गाउँ गाउँमा सेवा पुर्‍याउँदै आइरहेको छ ।

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।