खै त ? सहिद गेट
०६८ असार २४ शिलान्यास गर्नु भएको सहिद गेट खै त ? एक वर्षमा पनि बन्न नसक्ने गरि के सिलान्यास गर्नु भएको कमरेड ....
धादिङबेसी सफा होला त ?
एक वर्ष देखि व्यवस्थापन हुन नसकेको धादिङबेसीको फोहोर शनिवार अस्थायी रुपमा मुरली भञ्ज्याङ, च्याँडुदोभानमा फालिदै ....फोहर फाल्न अवरोध भए प्रहरी परिचालन गरिने ...
सडक हिफाजत कि मुन्द्रे हिफाजत
सडक बचावटका लागि जिविस धादिङले ग्रमिण क्षेत्रका सडकमा यातायत संचालनमा रोक लागे पनि मुन्द्रेलाई ५ सय तिरे पछि गाडी चलाउन पाइन्छ । जिविस धादिङले सडक संरक्षण गरेको हो कि मुन्द्रे बुझिनसक्नु छ ।
बर्खा लाग्यो होसियार
नलाङ धौखोलामा गत साल यसै समयमा पल्टिएको गाडी त्यो दुर्घटनाघाईते भए पनि धन्न ज्यानै जाने क्ष्यति भने भएको थिएन ।
Showing posts with label बचत तथा ऋण सहकारी. Show all posts
Showing posts with label बचत तथा ऋण सहकारी. Show all posts
Monday, January 31, 2011
शिक्षककल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय उद्घाटन
धादिङ माघ १७ गते / शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै धादिङ क्षेत्र नं। १ का सभाषद पुष्प विक्रम मल्लले वदलिदो परीस्थितीमा शिक्षकहरु सहकारी मार्फत अगाडी आउदा समाजवाद र साम्यवादको दिशामा सकारात्मक सहयोग पुग्ने बताउनु भएको छ भयो । बौद्धिक सर्कल सहकारी मार्फत अघि बढेमा भोलीको जनवादी राज्य सत्तामा कोशेढुङ्गा सावीत हुने तर सहकारी शेयर सदस्यहरुको जागरुकताले मात्र सहकारी फस्टाउन र विकसित हुने हुदा आर्थिक पारदर्शी सहकारीमा अनिवार्य रहेको बताउनुभएको थियो
Saturday, January 15, 2011
सिद्धेश्वर वचत तथा ऋण सहकारी
धादिङ सल्यानकोट माघ १ गते / सिद्धेश्वर वचत तथा ऋण सहकारी संस्था लिमिटेडको दोस्रो वार्षीक साधारणसभा सल्यानकोट ७ बेलुङमा शुक्रवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नारायण बुढाथोकीको अध्यक्षतामा सम्पन्न साधारणसभामा जिल्ला विकास समिति धादिङका भूतपर्व सदस्य वासुदेव तिमल्सिनाको प्रमुख आतिथ्य र कार्की गाउँ उच्च माध्यमिक विद्यालय सल्यानकोटका प्रधानाध्यपक अर्जुन नगरकोटीको विशेष आतिथ्य रहेको थियो ।
प्रगतिशील महिला सहकारीको साधारणसभ सम्पन्न
धादिङ धुवाँकोट माघ १ गते / प्रगतिशील महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड धुवाँकोटको तेस्रो वार्षीक साधाणसभा शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कमला तामाङको अध्यक्षताम सम्पन्न साधारण सभामा एकीकृत तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समिति सदस्य एवम् धादिङका अध्यक्ष सोम्वले तामाङ अक्ललको प्रमुख आतिथ्य रहेको थियो ।
Sunday, January 9, 2011
१३ औं वाषिर्क साधारण सभा सम्पन्न
मन्थली बचत तथा ऋण सहकारी संस्थाको १३ औं वाषिर्क साधारण सभा आज रामेछापको सदरमुकाम मन्थलीमा सम्पन्न भएको छ । मन्थली बचत तथा ऋण सहकारी संस्थाको सभामा साहित्यकार एव्म समाजसेवी जगदिस घिमिरे र नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रिय उपाध्यक्ष ऋषिराम घिमिरेले संयुक्त उद्घाटन गर्नुभएको थियो ।
Saturday, January 1, 2011
प्रतिक बचत तथा ऋण सहकारी संस्था लि.को दोस्रो वाषिर्क साधारण सभा सम्पन्न
काठमाडौं, १७ पौष । प्रतिक बचत तथा ऋण सहकारी संस्था लि.को दोस्रो वाषिर्क साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष२०६६/२०६७ को अवधिमा संस्थाले आफ्नो सदस्य एवं सेवाग्राहीहरुमा उत्कृष्ट वित्तीय सेवा प्रवाह गरी एक आर्थिक वर्ष सफलतापूर्वक पार गरेको संस्थाले पत्रकारहरु माझ जानकारी गराएको आज रिपोर्र्टर्स क्वल नेपालको साक्षात्कार कक्षमा दोस्रो वाषिर्क साधारणसभा सम्पन्न गरेको हो ।
आर्थिक वर्ष२०६६/२०६७ को अत्यसम्ममा संस्थाले २८,४६,४७२ शेयर संकलन गरी गत वर्षो तुलनामा ३५० प्रतिशत वृद्धि भएको र शेयर पूँजीलाई चालु आर्थिक वर्ष०६७ /०६८ मा वृद्धि गर्दै लैजाने संस्थाका अध्यक्ष केशवप्रसाद तिमिल्सिनाले जानकारी गराएका थिए । संस्थाले चालु आर्थिक वर्षेखि प्रत्येक वर्षो उत्कृष्ठ कारोवार गर्ने सदस्य र प्रत्येक वर्षो एल. एल. सी. परीक्षामा विशिष्ठ श्रेणीमा उतिर्णहुने शेयरधनीका छोरा, छोरीहरुलाई Pratik Excellent Education Award समितिले तोकेको नगद पुरस्कारद्वारा सम्मानित
Sunday, December 19, 2010
ज्योती महिला विकास बचत तथा ऋण सहकारी संस्थाको आठौँ वाषिर्क साधारण सभा सम्पन्न
साधरण सभा उद्घाटन गर्दै प्रमुख अधिकारी भरत पौडेल |
धादिङबेसी पुस ४ गते / ज्योती महिला विकास बचत तथा ऋण सहकारी संस्था निलकण्ठ ५ धादिङबेशीको आठौँ वाषिर्क साधारण सभा आईतवार धादिङबेशीमा सम्पन्न भएको छ । धादिङ उद्योग बाणीज्य संघ को हलमा भएको साधारण सभामा धादिङका प्रमुख जिल्ला अधिकारी भरत पौडेलको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष नारायणी भण्डारीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा एकीकृत नेकपा माओवादी धादिङका सह-सचिव विजय बर्ुलाकोटी, नेपाली काँग्रेस धादिङका शिव गिरी, नेकपा एमाले धादिङका कृष्ण अर्याल, सिखरीणी महिला वचत तथा ऋण सहकारीकी अध्यक्ष कल्पना अधिकारी लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो । साधारण सभामा संस्थाको आय व्यय सहितको लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरिएको थियो । ३२ जना शेयर सदस्य र ३२ सय शेयर पुँजीबाट कारोबार शुरु गरेको संस्थामा हाल आएर ५२० जना शेयर सदस्य र शेयर पुँजी ५ लाख ३० हजार ७ सय पुगेको सो अवसरमा जानकारी दिइएको थियो । सोही कार्यक्रममा जेष्ठ नागरीक ७१ वषर्ीय धनकुमारी कार्की र सबै भन्दा बढि मासिक वचत गर्ने सचिता भट्टलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।
Sunday, December 12, 2010
धादिङमा शिक्षकहरुको छुट्टै सहकारी संस्था
धादिङ, मंसिर २६ गते / गाउँ-गाउँमा भएको सहकारीको विकाससँगै धादिङ जिल्लाका शिक्षकले पनि छुट्टै शिक्षक कल्याण बचत ऋण सहकारी संस्था सञ्चालनमा ल्याएका छन् । जिल्लामा शिक्षकको सुविधाका लागि खोलिएको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाले उनीहरूले वचत गरेको निश्चित बचत रकमबाट सदस्यहरूलाई आवश्यक परेको बेलामा सहुलियत दरमा ऋण उपलब्ध गराउने बताएको छ।
अखिल नेपाल शिक्षक सङ्गठन धादिङको अगुवाइमा गत असोज २० गते दर्ता भएको यस सहकारीले यस वर्ष विस हजार कित्ता सेयर विक्रि गर्ने उद्धेश्यले लिएर सदस्यता फारमलाई वितरण गरिएको संस्थाका अध्यक्ष केशरी प्रसाद पन्तले बताउनु भएको छ । साथै संस्थाले व्यक्तिगत, आपत्कालीन उपचार, शैक्षिक, र व्यवसायका लागि सहकारी सदस्यहरुलाई माघ महिनादेखि ऋण उपलब्ध गराउने समेत जनाएको छ ।