२३ / नुवाकोट सदरमुकाम विदुरमा रहेको जनमुखी बहुउद्देश्यीय सहकारी संस्थाले स्थापनाकालदेखि हालसम्ममा ३ करोड बराबरको कारोवार गर्न सफल भएको छ । शुक्रबार सहकारीको दोश्रो वार्षीक साधारणसभा तथा प्रथम अधिवेशनमा सो कारोवार सार्वजनिक गरिएको हो । साधारण सभा नुवाकोट क्षेत्र नं. १ का सभासद विमला सुवेदीले उद्घाटन गर्नभएको थियो । ३१ लाख ८४ हजार चारसय रुपैयाँ शेयर पूँजी रहेको उक्त सहकारीको २७ महिलासहित एकसय ५६ जना शेयर सदस्य रहेका छन् ।
नुवाकोट पौष २३ गते / साधारण सभाका अवसरमा सहकारीका अध्यक्ष हरिबहादुर बस्नेतले उक्त सहकारीले २०६६ साउन १ गते देखि २०६७ साल असार ३१ गतेसम्म ८७ लाख ९७ हजार आठसय ५३ रुपैयाँ बचत संकलन गर्नुको साथै ९६ लाख ५६ हजार दुइसय १९ रुपैयाँ ऋण लगानी गरी एककरोड ८३ लाख ४८ हजार ४८ रुपैयाँ कारोबार गरेको जानकारी दिनुभयो ।
साधारणसभाका अवसरमा सहकारीका तर्फबाट प्रमुख अतिथि विमला सुवेदीले उत्कृष्ट असल तर्फबाट सोमबहादुर कुमाल, उत्कृष्ट बचतकर्ता धनकुमारी पौडेल र उत्कृष्ट बजार सहयोगीमा लक्ष्मी पाण्डेलाई जनही पाँच/पाँच सय रुपैयाँ नगदसहित प्रशंसापत्रद्वारा पुरस्कृत गर्नु भयो । सहिद प्रतिष्ठान नेपाल नुवाकोटका अध्यक्ष रामभक्त उप्रेती, सहकारीका उपाध्यक्ष लिलानाथ न्यौपाने लगायतले सहकारीमार्फत जनस्तर उकास्नका लागि विभिन्न सीपमूलक कार्यक्रम संचालन गर्नु पर्ने बताउनु भएको थियो । यस सहकारीको प्रथम अधिवेशनले पुनः हरिबहादुर बस्नेत अध्यक्ष रहेको ११ सदस्यीय कार्य समिति निरि्वरोध चयन गरेको छ । निरि्वरोध चयन भएका उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः लीलानाथ न्यौपाने, महेन्द्र श्रेष्ठ, बासुदेव पनेरु र खिलप्रसाद दवाडी रहनु भएको छ ।

1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment