धादिङ माघ १६ / धुषा गाउं विकास समितिको वडा नम्बर १ मा रहेको जनजागृत्त बहुउद्धेश्यिय सहकारी संस्था लिमिटेडको तेश्रो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल वचत तथा ऋण सहकारी संस्थाका केन्द्रिय अध्यक्ष मिनराज कंडेल ले सहकारी संस्थाहरू जुन गतिमा क्रियाशिल भएका छन् यो नेपाली हरुको सुनौलो भविश्यको सुरुवाती भएको बताउनुभएका थियो । उहाँले अरु सहकारी कसरी चल्दै छन् भन्दा पनि आफु सहकारी सिद्धान्तमा रहेर आफ्नो स्थाथानिय पहुचमा चल्नुपर्ने बताउनुभएको थियो ।
साधारण सभामा संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद सिलवालले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले यो बर्ष ३ लाख ७० हजार दुई सय ६० रुपैया आम्दानी गर्नुका साथै २६ लाख ९ हजार नौ सय ९६ रुपैया खर्च गरेको आर्थिक प्रतिबेदनमा वताईएको थियो । साधारण सभाले श्रीराम थपलियाको अध्यक्षतामा ११ सदस्यिय संचालक समितिको पनि चयन गरेको छ । नवगठित संचालक समितिको उपाध्यक्षमा मैयादेवी थपलिया सचिवमा रमेशप्रसाद छत्कुली सहसचिवमा रोशनकुमार सिलवाल र कोषाध्यक्षमा कृष्णराज सिलावल रहनुभएको् छ । ३१ जना शेयर सदस्यबाट तीनबर्ष अघि सेवा शुरु गरेको सहकारी संस्थामा हाल तीन सय ९१ जना शेयर सदस्य रहेको कार्यक्रममा जानकारी गराईएको थियो ।
0 comments:
Post a Comment