Monday, January 31, 2011

शिक्षककल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय उद्घाटन

धादिङ माघ १७ गते / शिक्षक कल्याण वचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै धादिङ क्षेत्र नं। १ का सभाषद पुष्प विक्रम मल्लले वदलिदो परीस्थितीमा शिक्षकहरु सहकारी मार्फत अगाडी आउदा समाजवाद र साम्यवादको दिशामा सकारात्मक सहयोग पुग्ने बताउनु भएको छ भयो । बौद्धिक सर्कल सहकारी मार्फत अघि बढेमा भोलीको जनवादी राज्य सत्तामा कोशेढुङ्गा सावीत हुने तर सहकारी शेयर सदस्यहरुको जागरुकताले मात्र सहकारी फस्टाउन र विकसित हुने हुदा आर्थिक पारदर्शी सहकारीमा अनिवार्य रहेको बताउनुभएको थियो
संस्थाका अध्यक्ष केसरी प्रसाद पन्तको अध्यक्षता भएको कार्यक्रममा एकिकृत नेकपा माओवादिका केद्रिय सदस्य वेदनिधी अधिकारीको विशेष आतिथ्य, सभासद कल्पना धमला, अखिल नेपाल शिक्षक संघठनका केद्रिय सचिवालय सदस्य एवं ताम्सालिङ राज्यसमिती संयोजक शंकर अधिकारी, एकिकृत नेकपा माओवादी धादिङ, सह–ईन्चार्ज रामवहादुर भण्डारी, सह–सेक्रेटरी विजय वुर्लाकोटी, नेपाल शिक्षक संघ धादिङका अध्यक्ष दिपक सींखडा लगायतको आतिथ्य रहेको थियो । सहकारीले आजदेखि निलकण्ठ ५ धादिङबेसीमा औपचारीक रुपमा आफ्नो कार्यलय स्थापना गरी कारोवार शुरुगरेको छ ।


1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।