Saturday, January 29, 2011

हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमीटेड केा प्रथम साधाराण सभा सम्पन्न

पर्वत माघ १६ ।राम्रो सहकारीका लागि हाम्रो सहकारी भन्ने मुल नाराका साथ  हिमालय बहुउद्देश्यीय सहकारी संस्था लिमीटेड शिवालय-१ खरेहा पर्वतकेा प्रथम साधाराण सभा शनिवार सम्पन्न भएको छ ।  सहकारीले एक वर्षको अवधिमा एक लाख ५ हजार नाफा कमाउन सफल भएको छ । सहकारीले १६ लाख ७१ हजार कर्जा लगानी गरेको छ भने १० लाख ९० हजार शेयर रकम रहेको छ । सो सहकारीमा ३० महिला र ७९ पुरुष गरी १ सय ९ जना शेयर सदस्य रहेका छन् ।
साधारण सभाको उद्घाटन गर्दै बरिष्ठ कृषि विकास अधिकृत चन्द्रकान्त खनालले सहकारीको उचित व्यवस्थापन एवं संचालन गर्न सके राम्रो मुनाफा कमाउन सकिने बताउनुभयो । शेयर सदस्यहरुको जागरुकताले मात्र सहकारी फस्टाउन र विकसित हुने भन्दै आर्थिक पारदर्शी प्रम्ाुख विषय हुने बताउनुभयो ।संस्थाका अध्यक्ष लक्ष्मीकान्त शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिवप्रसाद शर्मा र संचालन रामकृष्ण शर्माले गर्नुभएको थियो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।