दीपेन्द्र बडुवाल ekantipur
चितवन, माघ १४ / आर्जन हुने कामको खोजीमा परिवारै फिरन्ते बनाएँ । २०३३ मा बागलुङबाट रूपन्देहीको आनन्दवन-६ झरंे । दैनिकी खेतीपातीमा बित्यो । सामान्य किसानले त्योभन्दा अरू के गर्थे र ? 'छोराछोरीलाई शिक्षाको माहोल बनेन,' रामप्रसाद गौतम भन्छन्, '०४८ सालमा रत्ननगर आएँ ।' गाउँलेसँग मिलेर जीवनधारा दुग्ध उत्पादक सहकारी संस्था खोले । संस्थामा आबद्ध भएपछि एकपटक हेटौंडामा दूध परीक्षणसम्बन्धी ७ दिने तालिममा सहभागी भए । पनिर बनाउन
सिके । ८ वटा गाई किने । रत्ननगरको सुब्बाचोकमा उनले दैनिक ४० देखि ५० लिटरसम्म दूध बिक्री गरे ।
'सहकारीमा दूध भर्ने जागिर खाइयो,' उनले भने, 'आपmनो मात्रै दूध बिक्री गर्यो भन्ने आरोप लागेपछि छाडंे ।' तरकारी खेतीको लहर थियो । '२ वर्ष तरकारी खेती गरंे,' उनले भने, 'तर सफल
भइएन ।' दिल्लीबाट ३ वर्ष जाडोमा ज्याकेट ल्याएर फिरन्ते व्यापार गरें । टिकाउ भएन । 'कतैबाट ठेगानको काम नभएपछि १२ वर्षअघि कतार गएँ,' छेउमा श्रीमतीसित मिति सोध्दै भने, '३२ महिना बसेर फर्कें ।' सब ओभरसियर पास गरेका जेठा छोरा गोकुल पढाइअनुसारको काम पाउने विश्वासमा मलेसिया गए । 'इन्जिनियरिङकै काम पाउने बताएर लगेका थिए,' भन्छन्, 'मजदुरमा काम लाइदिए ।'
गोकुल १० महिनामै फर्के । अहिले नारायणगढमा आपmनै व्यवसाय चलाएर बसेका छन् । रामप्रसाद फेरि पुरानै सहकारीमा फर्केर सदस्य बने । पहिलेको झंै आपmनो मात्र नाफा हेरेको आरोप लाग्यो । 'त्यसपछि गरेर देखाउँछु भनेर भीडंे,' उनले सुनाए, 'पहिलो दिन ३० लिटर दूधको चिया बेचंे ।' रत्ननगरभरि चियाको माग बढ्दै गयो । परिवारका सदस्यले अर्डर पाएको ठाउँमा चिया पुर्याउन लाज मानेनन् ।
'लाज मानेनांै,' उनले भने, 'आफन्त र साथीभाइले काम 'स्टान्डर्ड' भएन भन्थे ।' पहिले चिया, दूध, दही र पनिर बेच्ने भनेर दोकान खोलेका थिए । लगनशीलताले तालिमको अवसर दियो । एकपटक पोखराको भेडेफारममा खुवा बनाउने तालिमको अवसर जुर्यो । त्यहीं खुवा मेसिन देखें । अहिले 'दुई वर्ष भयो मैले मेसिन राखेको ।' अहिले खुवा जिल्लाभर लोकपि्रय छ । पसल बढ्दै गएपछि मिठाई तालिम लिएँ । अहिले लालमोहन, रसवरी र पेडा उपलब्ध छन् । दैनिक ४० लिटरको खुवा बिक्छ ।
अहिले दिनमा ४ सय लिटर दूध खपत हुन्छ । गौतम दूध बिक्री केन्द्र नमुनाका रूपमा जिल्लाभर फैलिएको छ । मेला, महोत्सवमा गौतम परिवारको मिहिनेत उदाहरण बन्ने गरेको छ । 'विदेशको मिहिनेत अर्काको हुन्छ,' उनले भने, 'यताको आपmनो हुन्छ ।' घरको जस्तै घिउ पनि लोकपि्रय छ । गौतमले कम्तीमा दैनिक १५ हजार रुपैयाँ कमाउँछन् । मासिक सरदर ४ लाख कमाइ हुन्छ । कतारमा ३२ महिना बस्दा यति कमाइ भएको थिएन । अहिले मासिक त्यति हुन्छ । 'सरम नमानी गर्ने हो भने यतै कमाउन सकिन्छ,' यिनले भने, 'लाज मानेर बिग्रेको हो ।'

1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन
तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन
Post a Comment