ज्यामरुङ/ साना किसान कृषि सहकारी संस्था ज्यामरुङको तेस्रो वार्षिक साधारणसभा ज्यामरुङको सम्पन्न भएको छ । संस्थाका अध्यक्ष ओमप्रसाद धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धादिङ क्षेत्र नं. २ की सभासद कल्पना धमलाको प्रमुख आतिथ्य रहेको थियो । सभासद धमलाले समाजका साना किसान सहकारीहरुले गरिब र उपेक्षितहरुको जीवनस्तर उठाउन बिशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो।
साधारणसभामा साना किसान कृषि सहकारी संघ धादिङका उपाध्यक्ष फणिकान्त छत्कुली, साना किसान कृषि विकास बैंकका खिलप्रसाद सिलवाल, साना किसान सहकारी उपशाखा कटुञ्जेका प्रतिनिधि दामोदर न्यौपाने, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । साधारणसभामा संस्थाका प्रबन्धक दामोदर रेग्मीले संस्थाको प्रगति प्रतिवेदन र लेखा समिति अध्यक्ष पिताम्बर धमलाले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी शंकादेवी महिला बचत तथा ऋण सहकारी संस्था र ज्यामरुङ गाविसको संयुक्त आयोजनामा २ दिने दन्त शिविर हिजो ज्यामरुङ गाउँ विकास समिति वडा नं. ८ को साँध भञ्ज्याङमा सम्पन्न भएको छ । पौष २३ र २४ गते सम्पन्न दन्त शिविरमा काठमाडौं मोडेल अस्पतालका विशेषज्ञ टोलीले १५० भन्दा बढी दन्त रोगीहरुको दन्त परिक्षण र निःशुल्क औषधी वितरण गरेको ज्यामरुङबाट उज्ज्वल धमलाले जानकारी दिनुभएको छ ।
1 comments:
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
Post a Comment