Sunday, December 26, 2010

तनहुँको दुई गाविस सहकारी विहीन

तनहुँ, १४ पुस -

गाउँ-गाउँमा सहकारी घर-घर भकारी भन्ने सहकारीको मूल नाराले तनहुँको दुई गाविसलाई भने अझै छुन सकेको छैन । एक नगरपालिका र ४६ वटा गाविस रहेको यस जिल्लाको मिर्लुङ र छिम्केश्वरी गाविस सहकारीविहीन रहेका छन् ।
तनहुँको पुरानो सदरमुकाम वन्दिपुर गाविसमा १८ वटा सहकारी भानुमा १० नगरपालिका भित्र ४१ लगायतका गरी जिल्लामा १९१ वटा सहकारी दर्ता भएका छन् ।
तर ती गाविसमा एउटा पनि सहकारी दर्ता नहुनुमा स्थानीय मानिसको कमजोरी रहेको सहकारी कार्यालयका सहायक निरीक्षक रामचन्द्र पण्डितले बताउनुभयो । सहकारी दर्ताका लागि स्थानीय व्यक्ति नै स्वतस्फूर्त भएर आउनुपर्ने सहकारीको मान्यता रहेकोले पनि कार्यालयबाट खासै दबाब नगरिएको उहाँले बताउनुभयो । सर्वसाधारणलाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले साचालित सुपथ मूल्यका पसलको लागि भने कार्यालयबाट पत्राचार गरी प्रस्ताव पेस गर्न आग्रह गरेको छ ।र

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।