Friday, December 31, 2010

२८ सहकारी खारेज हुने

मेचीकाली
इलाम, १६ पुस सहकारी डिभिजन कार्यालय इलामले इलाम, पाँचथर र ताप्लेजुङका २८ वटा सहकारी संस्थाको दर्ता खारेजी प्रक्रिया अगाडि बढाएको छ ।सहकारी सस्था दर्ता गरेर दुई वर्षदेखि कुनै पनि काम नगरी निष्कृय रहेका संस्था खारेज गर्न लागिएको सहकारी डिभिजन कार्यालय इलामका सहकारी निरीक्षक लीलाबल्लव चापागाईंले बताए । इलामका ११, पाचँथरका १५ र ताप्लेजुङका दुईवटा सहकारी संस्था खारेज गर्न लागिएको उनले बताए । त्यस्तै कार्यालयले १२६ सहकारी संस्थामाथिको कारबाहीको प्रकृया अगाडि बढाएको छ ।
सहकारी सञ्चालन भइरहेका तर एक वर्षदेखि साधारणसभा, लेखा परीक्षणलगायत कार्यालयमा पेस गर्नुपर्ने विवरण पेस नगरेका संस्थाहरू कारबाहीमा परेका हुन् । इलामका ६० पाचँथरका ४९ र ताप्लेजुङका १७ गरी विभिन्न खालका सहकारी संस्था रहेको चापागाईंले जानकारी दिए ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।