बागलुङ मंसिर २७ । लक्षित बर्गको पहिचान र स्रोत साधनको समुचित प्रयोग गरी सहकारी उत्पादन र व्यवसायीमुखी हुनुपर्नेमा हिजो बागलुङमा आयोजित एक सहकारी संस्थाको कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । आदर्श सचार सहकारी संस्था लिमिटेड बागलुङको पाचौ स्थापना दिवस तथा चौथो वार्षिक साधारणसभाको पुर्वसन्ध्यामा हिजो आयोजित सहकारी व्यवसाय र सरोकारवालाहरुको भूमिका विषयक छलफल कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरामा जोड दिएका थिए ।
सहभागीहरुले धौलागिरि अचलमा सचालित अधिकांश सहकारीहरु नियम विपरित सचालन भएको बताउदै सबै सहकारीले एकै प्रकारको बचत तथा ऋणको काम गर्दै आएकोमा त्यसमा परिवर्तन हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य ओमकार थापा एड्भोकेसी फोरम धौलागिरिका संयोजक राम शर्मा नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष कोपिला कँडेल जिल्ला मालपोत कार्यालय बागलुङका कार्यालय प्रमुख नारायण पाण्डे लोकसेवा आयोग बागलुङका प्रमुख उमेश्वरनाथ गङ्गोल जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधि ऋषिराम कुवर साल्टट्रेडिङ कर्पोरेशन लिमिडेटका मनोजकुमार श्रेष्ठले बोल्नुभएको थियो ।
यसैगरी कार्यक्रममा साझेदारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष राजेन्द्र आचार्य स्वाभिमान बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बाबुराज कार्की प्रगति बहुउद्देश्यीय सहकारी संस्थाका सचिव तोयानाथ गौतम ओम बचत तथा ऋण सहकारी संस्थाका सचिव केवी शाही सुविधा बहुउद्देश्यीय सहकारी संस्थाका सचिव राजु खड्का न्यायका लागि द्वन्द्वपीडित समाजका कोषाध्यक्ष सावित्रा खड्का लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा संस्थाका सचिव रामबहादुर जिसीले संस्थाले अहिलेसम्म गरेको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।
जिसीले सहकारी नियम विनियम अनुसार आदर्श साचार सहकारी संस्था लिमिडेटले गरेका कामहरु कानुन सम्मत भएका उल्लेख गर्दै गैह्र शेयर सदस्यहरुसँग कारोवार नगरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो- ‘हामी सहकारी नियम विनियम मानेर अगाडि बढ्दै गईरहेका छौ साचार क्षेत्रमा नियमित रुपमा धौलागिरि जागरण राष्ट्रिय दैनिक प्रकाशन गरेको र आफ्ना साढे ३ सय शेयर सदस्यहरुसँग बचत तथा ऋणको कारोवार गरिरहेका छौ ।’
आदर्श साचार सहकारी संस्था लिमिडेटका सचालक सदस्य बद्रीबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सह-सचिव मोहराज शर्मा र सचालन सदस्य ताराप्रसाद शर्माले गर्नुभएको थियो ।धौलाश्री समाचार डेस्क
0 comments:
Post a Comment