Monday, December 13, 2010

खोटाङ हलेशी सहकारी लिमिटेड दोहा कतारको दोश्रो कार्यकाल सम्पन्न

December 13, 2010. "बचत गर्ने बानि बसालौ आजको एक सुका चाराअना बचत नै भोलिको तपाइ हाम्रो सुनौलो भबिष्य हो" भन्ने मुल नारालाइ आत्मसाथ गर्दै काधमा - काध हातमा - हात मिलाइ निम्नस्तर आय भएका श्रमजिबि व्यक्तिहरुको सामुहिक लगानिबाट सन्चालित खोटाङ हलेशी सहकारी लिमिटेड दोहा कतारले आफ्नो दोश्रो बार्षिक कार्यकाल सफलतापुर्वक सम्पन्न गरि तेश्रो बर्षमा प्रवेश गर्दै गरेको उपलक्ष्यमा र अङ्रेजी नया बर्ष २०११ को उपलक्ष्यको पुर्वसन्ध्यामा शुभकामना आदानप्रदान कार्यक्रम तथा स्थानिय कलाकारहरुद्वारा मनोरन्जनात्मक सास्कृतिक कार्यक्रम गर्ने भएको छ ।
यहि डिसेम्बर २४ तारिकका दिन दोहा नेश्नलको न्यु क्यापिटल होटलको सभाहलमा सम्पन्न हुन गइरहेको उक्त कार्यक्रमको सम्पुर्ण तयारी पुरा भइसकेको जानकारि कार्यक्रमका सम्योजकत्रेय टक भुजेल, दसरथ राइ र दर्जिमान परियारले जानकारि दिनु भयो ।
यस खोटाङ हलेशि सहकारि लिमिटेड दोहा कतारलाइ नेपाल सरकारको बित्तिय क्षेत्रमा दर्ता गरेर नेपालमा पनि सन्चालित गर्न र कानुनिरुप दिनको निमित्त यहि २०११ को जनवरि महिनाको अन्तिममा नेपाल जान लागेको कुरा सस्थाका अध्यक्ष ओमिराज राइले जानकारि दिनु भयो । सस्था दर्ताको सम्पुर्ण प्रकृया पुरा भइसकेको जानकारि गराउदै अध्यक्ष राइले भन्नु भो- 'यो हामि सबै कतारमा कार्यरत श्रमिकहरुको खुशिको कुरा हो' । 
कार्यक्रममा खुशियालि सास्कृतिक कार्यक्रम प्रस्तुत गर्नको लागि सास्कृतिक बिभागका बियोगान्त खम्बुको सम्योजकत्वमा स्थानिय कलाकारहरु रमेश लावति, बसन्त ढकाल, आकाश सुब्बा, रबि खम्बु राइ, बिष्णु खम्बु राइ, अर्जुन खत्री 'युवराज' आदि कलाकारहरुले बिभिन्न बिधामा बिबिध प्रस्तुति पस्किने कार्यक्रम तय भएको छ । साथमा बरिष्ठ गायक रबिन राइले आफ्नो चर्चित एल्बमका चर्चित गितहरु प्रस्तुत गरि कार्यक्रमलाइ सुनमा सुगन्ध थप्दै रोचक बनाउने कुरामा कुनै सन्देह छैन । स्मरण रहोस, गायक रबिन राइ नेपालका चर्चित गायक राजेशपायल राइका दाइ हुन्हुन्छ ।
 डि. सि. राइ
दोहा कतार

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।