Monday, December 13, 2010

मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो साधारणसभा

म्याग्दी मंसिर २७ । म्याग्दीको बेनी बजार स्थित मुक्तिनाथ बहुउद्देश्यीय सहकारी संस्थाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले कोषानन्द आचार्यको अध्यक्षतामा नयाँ सचालक समिति चयन गरेको छ ।
साधारणसभाले संस्थाको उपाध्यक्षमा शेरबहादुर केसी सचिव लिलाराम गौतम सहसचिव भदेवी घर्ती मगर र कोषाध्यक्षमा दण्डपाणी सापकोटालाई चयन गरेको छ । संस्थाका सदस्यहरुमा भावना पौडेल पदमबहादुर सुवेदी चित्रबहादुर कुँवर कृष्ण बरुवाल रमेश कुमार पुन गोपाल बानियाँ र लिलाधर च्वाई रहनुभएको छ ।
साधारणसभाले नारायणदत्त सुवेदीको संयोजकत्वमा अमर केसी र त्रिबिक्रम शर्मा सदस्य रहेको लेखा समीती चयन गरेको छ ।
संस्थाले गत आर्थिक बर्षमा वार्षिक २ करोड ५० लाख रुपैया बराबरको आर्थिक कारोवार गरेको जनाएको छ । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष सुर्दशनकुमार श्रेष्ठ कस्तुरी बचत तथा ऋण सहकारी संस्थाका सचिव बिनय श्रेष्ठ संस्थाका सचिव लिलाराम गौतम सहसचिव कोमल ढुङ्गाना यामबहादुर केसी सेयर सदस्य दुर्गाराम सुवेदी साचालक समितिका सदस्य चिराजीवि बोगटी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा उत्कृष्ट कर्मचारी बचतकर्ता र ऋणीलाई पनि सम्मान गरिएको थियो । धौलाश्री समाचार

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।