Friday, December 24, 2010

धादिङका ३० सहकारी संस्था खारेजीको सूचीमा

धादिङ पौष ९ गते /  डिभिजन कार्यालय धादिङ अन्तरगत रहेका ३० वटा सहकारी संस्थाहरु खारेजीको सुचिमा परेका छन् । डिभिजन कार्यालय धादिङले गत भदौमा सहकारी ऐन २०४८ अनुसार प्रत्येक सहकारीले वित्तीय  विवरण अनिवार्य रुपमा प्रस्तुत गर्न सुचना
जारी गरेको थियो । अब दोश्रो पटक पौष १५ को आसपासमा सुचना जारी गर्ने र तयारी गरी रहेको छ । त्यस पछि पनि विवरण नआए सहकारी संस्था खारेजीमा पर्ने डिभिजन सहकारी कार्यालय धादिङका महेश्वर ढकालले जानकारी दिनु भयो । यसै गरी प्रक्रिया पुरा गर्न नसक्ने बागलुङका २७, पर्वतका ४०, म्याग्दीका चार र मुस्ताङका तीन गरी जम्मा ७४ वटा सहकारी पनि खारेजीको सूचीमा परेका छन् ।उक्त कार्यालयले खारेजीको सूचीमा परेका सहकारीलाई ३५ दिनभित्र आफ्नो वित्तीय विवरणसहित प्रस्तुत हुन निर्देशन दिएको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।