Thursday, December 16, 2010

सहकारीका तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न

सुरजकुमार भुजेल पालुङ १ पुस

पुण्य श्री महिला बचत तथा ऋण सहकारी स.स्थाको तेस्रो साधारण सभा तथा प्रथम अधिवेशन आज बज्रबाराहीमा सम्पन्न भएको छ ।
साधारण सभाको अवसरमा बज्रबाराहीमा क्रियाशील बालक्लब तथा अन्य व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । बज्रबाराही गाविस सचिव केदारबहादुर जोशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बज्रबाराहीका सुनौलो बालक्लब, सप्तरंगी बालक्लब र ग्रामिण जागरण बालक्लब उत्कृष्ट काम गरे वापत पुरस्कृत भएका छन् । त्यसैगरि बाल विकास केन्द्रमा सहभाग भिइ विद्यालयमा अध्ययन गर्ने उत्कृष्ट १७ जनालाई पनि सो समारोहमा पुरस्कृत तथा सम्मान गरिएको छ भने सहकारीमा उत्कृष्ट कारोबार गर्ने दुइ जना सफल ऋणी, दर्ुइ जना सफल बचत कर्ता, व्यावशायिक साक्षरता कक्षाका १ जना, व्यवहार परिवर्तनका लागि संचार समूहका उत्कृष्ट एक समुहलाई पनि सहकारीले सम्मान गरेको छ । पुरस्कार तथा सम्मानका लागि प्लान नेपाल मकवानपुरको सहयोगमा बालकल्याण समाज मकवानपुर, पुण्यश्री महिला बचत तथा ऋण सकारी संस्था तथा सामुदायिक विकास संस्था बज्रबाराहीले सहयोग गरेका थिए ।
सहकारीकी अध्यक्ष इश्वरीसिंह ठकुरीको सभाध्यक्षतामा भएको कार्यक्रममा प्लान नेपाल मकवानपुरकी विकास संयोजक इन्दिरा राइ, तथा स्थानीय संघसंस्थाका पदाअधिकारी तथा बुद्धिजविीहरुको उपस्थित रिहेको थियो । अधिवेशनले पुनः इश्वरीसिंह ठकुरीकै अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।