Friday, December 17, 2010

सांकोष महिला कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न

धादिङ पौष ३ गते

सांकोष महिला कृषि सहकारी संस्था लिमिटेडको दोश्रो वाषिर्क साधारण सभा सांकोष मावि सांकोषको प्रांगणमा सम्पन्न भएको छ । नेपाली कांग्रेसका महासमिति सदस्य एवं फण्ड बोर्ड नेपालका अध्यक्ष भीमप्रसाद ढुंगानाको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारण सभामा संस्थाले आर्थिक वर्ष२०६६/०६७ मा १६ लाख ९ सय ५६ रुपैयांको कारोबार गरेको विवरण पेश गरिएको थियो । संस्थाकी अध्यक्ष सीता सिंखडाको सभापतित्वमा सम्पन्न उक्ता साधारण सभामा प्रमुख अतिथि भिमप्रसाद ढुंगानाले महिलाहरुले उत्साहजनक काम गरेकोमा हार्दिक धन्यवाद दिंदै नगद रु १० हजार सहयोग गर्नुभएको छ भने नेपाली कांग्रेसका नेता रमेश प्रसाद धमलाले सांकोष महिला कृषि सहकारी संस्थालाई १ थान कम्प्युटर र प्रिन्टर सहयोग गर्ने घोषणा गर्नुभएको छ । सहकारीको दोश्रो साधारण सभामा धेरै सदस्य बनाउने १३ जना र असल क्रृणी ३ जनालार्इर्र्पुरस्किृत गरिएको थियो । कूल ६०९ जना महिला सदस्य र १ सय ७५ जना बाल बचत सदस्य रहेको सांकोष महिला कृषि सहकारी संस्थाको दोश्रो साधारण सभामा ट्रेड युनीयन कांग्रेसकी केन्दीय सदस्य कल्पना अधिकारी, नेपाल शिक्षक संघ धादिड० का अध्यक्ष दीपक सिंखडा, कांग्रेस नेता बलराम रिजाल, बन महासंघका पर्ूव अध्यक्ष नारायण प्रसाद पोखरेल,कांग्रेस नेतृ सिता खतिवडा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो भने संस्थाकी कोषाध्यक्ष रिता धमलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।