Friday, February 17, 2012

महिला सहकारी संस्थाको अनुगमन


दाङ ६ फागुन,घोराही /
महिला तथा बालबालिका कार्यालय दाङको एक टोलीले  देउखुरी क्षेत्रका दुईबटा महिला बचत तथा ऋण सहकारी संस्थाहरुको अनुगमन गरेको छ ।
टोलीले लालमटियाको भृकुटी महिला बचत तथा ऋण सहकारी संस्था र सिसहनिया गाविसस्थित लक्ष्मी महिला विकास बचत तथा ऋण सहकारी संस्थाको अनुगमन गरेको छ । अनुगमनका क्रममा   भृकुटी महिला सहकारीकी परमेश्वरी ज्ञवाली र लक्ष्मी सहकारीकी सुशीला चौधरीले संस्थाले गरेका कामको जानकारी दिनुभएको थियो ।
महिला तथा बालबालिका कार्यालय दाङकी प्रमुख प्रभा श्रेष्ठको नेतृत्वमा गएको टोलीमा प्रमुख जिल्ला अधिकारी ऋषिराम शर्मा, जिल्ला शिक्षा अधिकारी जितबहादुर शाह, जिविस दाङका योजना अधिकृत बासुदेव रिजाल र लेखा अधिकृत सुदन डिसी, प्रहरी नायव उपरीक्षक विपीन कर्माचार्य लगायतको सहभागिता थियो ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।