साउन १७ / देशभर छरिएर रहेका सूचना तथा सञ्चार सहकारीलाई एकताबद्ध गराउने उद्देश्यले नेपाल सूचना तथा सञ्चार सहकारी केन्द्रीय संघ स्थापना गरिएको छ ।
संघको स्थापनापछि सहकारी विभागमा दर्ता भएका केन्द्रीय सहकारी संघको संख्या १२ पुगेको छ । विभागका अनुसार देशभर ७० भन्दा बढी सूचना तथा सञ्चार सहकारी स्थापना भएका छन् । कार्यक्रमबारे जानकारी दिने उदेश्यले काठमाडौंमा भएको कार्यक्रममा सूचना तथा सञ्चार सहकारी केन्द्रीय सघंका अध्यक्ष विष्णुहरि ढकालले सूचना तथा सञ्चार सहकारीमा आबद्ध पत्रकारको क्षमता अभिवृद्धिका लागि केन्द्रीय संघ स्थापना गरिएको बताउनु भएको थियो ।
संस्थाबाट पत्रकारको व्यावसायिक क्षमता अभिबृद्धिका लागि अन्तरक्रिया, चेतना अभिबृद्धि, इमेल इन्टरनेट इ—लाइब्रेरी लगायतका कार्य गरिने समेत ढकाल बताउनु भएको छ ।संघको स्थापनापछि सहकारी विभागमा दर्ता भएका केन्द्रीय सहकारी संघको संख्या १२ पुगेको छ । विभागका अनुसार देशभर ७० भन्दा बढी सूचना तथा सञ्चार सहकारी स्थापना भएका छन् । कार्यक्रमबारे जानकारी दिने उदेश्यले काठमाडौंमा भएको कार्यक्रममा सूचना तथा सञ्चार सहकारी केन्द्रीय सघंका अध्यक्ष विष्णुहरि ढकालले सूचना तथा सञ्चार सहकारीमा आबद्ध पत्रकारको क्षमता अभिवृद्धिका लागि केन्द्रीय संघ स्थापना गरिएको बताउनु भएको थियो ।
सहकारी विभागका अनुसार अहिले सम्म देशमा रहेका कुल २२ हजार सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋणको कारोवार गर्ने सहकारीको संख्या १० हजार र बहुउदेश्यीय सहकारीको सख्यां ४ हजार रहेको छ ।
0 comments:
Post a Comment