धादिङ सुनौलाबजार । उज्यालो बहुद्देश्यीय सहकारी संस्था सुनौलाबजार ७ तल्लोबेसीको तेस्रो साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णुप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा दिपक विश्वकर्मा, सचिवमा कृष्णबहादुर पोखरेल, सह–सचिवमा विदुर कोइराला र कोषाध्यक्षमा मानबहादुर श्रेष्ठलाई चयन गरिएको छ ।
सुनौलाबजार तल्लोबेसीमा भएको साधारण सभामा एकीकृत नेकपा माओवादी धादिङका सह–ईञ्चार्ज रामबहादुर भण्डारीको प्रमुख आतिथ्य र संस्थाका सल्लाहकार सीताराम कोइरालाको विशेष आतिथ्य रहेको थियो ।
१ सय ७ जना शेयर सदस्य रहेको सहकारीको चालु पुँजी करिव १० लाख रहेको छ । संस्थाले सुनौलाबजार, मुरलीभञ्ज्याङ, नीलकण्ठ र ढोला लगायतका गाउँ विकास समितिलाई कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।
१ सय ७ जना शेयर सदस्य रहेको सहकारीको चालु पुँजी करिव १० लाख रहेको छ । संस्थाले सुनौलाबजार, मुरलीभञ्ज्याङ, नीलकण्ठ र ढोला लगायतका गाउँ विकास समितिलाई कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।
0 comments:
Post a Comment