Monday, July 18, 2011

पुरुषको तुलनामा महिलाहरुको संख्या सहकारीमा बढी छ

विगत ७ वर्ष देखि डिभिजन सहकारी कार्यालय  धादिङमा सहायक सहकारी निरिक्षकको रुपमा कार्यरत महेश्वर ढकाल सँग गरिएको कुराकानी
सहकारी क्षेत्रमा कति समय बिताउनु भयो ?
– सहकारी क्षेत्रमा नै काम गर्न थालेको त ०४६ साल चैत्र १२ गते तेतिबेलाको जिल्ला पञ्चायत सचिवालय अन्तरगतको सहकारी शाखा रसुवाको नियूत्ती भए देखि अहिले सम्म सहकारी क्ष्ेत्र मै काम गरि रहेको छु । विचमा २ वर्ष जति जिल्ला शिक्षा कार्यालय र जिल्ला स्वास्थ्य कार्यलय अन्तरगत रहेर काम गरे पनि अन्य समय सहकारी क्षेत्रमा काम गदै आएको छु ।
खास गरि डिभिजन सहकारी कार्यालयको काम चाहि के हो ?
– डिभिजन सहकारी कार्यालयको काम चाहि विशेष गरि भन्नु पर्दा अहिलेको क्रममा सहकारी संस्थाहरु दर्ता गर्ने, सहकारी नियम कानुन, सहकारी सिद्धान्त अनुसार सहकारीहरु संचालनमा रहे नरहेको निरिक्षण , अनुगमन गर्नु नै हो । त्यो नभएको पाइएमा उचित किसिमको सल्लाह सुझाव दिने त्यतिले पनि नभए त्यस्ता सहकारीको दर्ता खारेजी पनि डिभिजन सहकारी कार्यालयले गर्छ ।उस्तै परे निर्देशन पनि दिने सहकारी संस्थाका ऋण लगानी असुली गर्न नसकेको अवस्थामा पनि डिभिजन सहकारी कार्यालयले सहयोग गर्छ ।
 सहकारी भनेको के हो आम नागरीकले बझ्ने गरि बताइदिनु होस् न ?
–  बास्तवमा सहकारीको परिभाषा त धेरै पहिले हाम्रा बाजे बराजुको पाला देखि नै संचालनमा आएका थिए । शब्दमा सहकारी प्रयोग नगरिए पनि ढुकुटी, पर्मा, धर्म भकारी, भन्ने चलन पनि थियो । अहिले हामी त्यसकै परिस्कृत रुपमा सहकारी भन्छौ । वास्तबमा एक जनाले गरेर नसक्ने काम २५ जना भन्दा माथि संगठित भएर सजिलै गर्न सकिने भएको कारणले यसलाई सहकारी भनिन्छ ।
इतिहास लाई केलाउँदा नेपालमा २०१३ सालमा सहकारी संस्था गठन भएको पाइन्छ, भने धादिङमा पहिलो सहकारी स्वरुप २०१९सालमा पात्ले सहकारी गठन भएको पाइन्छ । धादिङमा सुरु देखि अहिले सम्मको विकास क्रम बारे छोटकरीमा बताइ दिनुहोस् न ?
– धादिङ कै सहकारी विकास क्रमको कुरा गर्ने हो भने, २०१९ सालमा पात्ले सहकारी संस्था भनेर सुनौलाबजारमा स्थापना भयो । डिभिजन सहकारी सहकारी कार्यालयको अहिले सम्मको रेकर्डमा पुरानो सहकारी भनेर पनि यसै सहकारीलाई मानेको छ । यस पछि सुनौलाबजार गा.वि.स. बाट जिल्ला सदरमुकाम धादङबेसी सर्ने क्रममा यो पात्ले सहकारी पनि धादिङबेसी सारियो । तत् पश्चात यस सहकारीको नाम परिबर्तन गरि नीलकण्ठ सहकारीको रुपमा संचालन गरियोे । सहकारी ऐन २०४८ लागुु हुनु भन्दा अगाडी धादिङ २३ वटा सहकारीहरु संचालनमा आएको देखिन्छ ,तर अहिले मुस्किलले ६ वटा सहकारीहरु संचालनमा छन् । त्यस पछि सहकारी ऐन २०४८ लागु भए पछि ०५७ साल सम्म धादिङमा ९८ वटा सहकारी संस्थाहरु दर्ता भए , त्यस पछि ०६३÷०६४ सम्म आइपुग्दा ८० वटा सहकारी हरु दर्ता भएको थियो । त्यस पछि ०६७÷०६८ आई पुग्दा ४३ वटा सहकारी संस्थाहरु संचालनमा आएका छन् ।  दर्ता खारेजी भएका बाहेक नै अहिले सम्म धादिङमा ३०८ वटा सहकारीहरु संचालनमा छन् । 
सुपथ मुल्य पसल संचालन गर्ने सहकारीहरुको स्थिति कस्तो पाउनु भएको छ नि ? नेपाल सरकारबाट पसल संचालन गर्न लिएको १ लाख अनुदान खै कता हरायो ?
– जुन सहकारीले नेपाल सरकारबाट १ लाख अनुदान लिए, एकाध मध्य ति सहकारीले संस्थाहरुले सुपथ मुल्य पसल संचालन गरेका छन् । सौझौता अनुसार हुन नसके पनि उहाँहरको क्षमता अनुसार धैर जसो सहकारीहरुले मौसमी सामान( रासायनिम मल, आलु मकै धान को बिउ) राख्नु भएको छ भने  ४० प्रतिशद जति सहकारीहरुले अन्य सामान सहितको सुपथ मुल्य पसल ग्रामिण भेगमा राम्रो सेवा दिदै भैरहेको देख्न सकिन्छ । १०÷१२ वटा सहकारी त नमुना कै रुपमा पसल संचालन भै रहेका छन् उनीहरुको वार्षिक आम्दानी पनि राम्रै देखिएको छ ।
सहकारी संस्था दर्ता गर्नुु पूर्व ध्यान दिनु पर्ने कुराहरु के–के हुन् ?
– संस्था दर्ता गर्नू पुर्व त धेरै कुुरा थाहा पाउनु पर्ने हुन्छ । म मुख्य–मुख्य कुराहरु बताउँछुु, सबभन्दा पहिला सहकारी के हा,े त्यो बुझ्नु पर्छ, सहकारीले केगर्न हुन्छ के गर्न हुदैन थाहा पाउनु प¥यो । सहकारीको मुल्य, मान्यताका विषयमा ज्ञान हुनु¥यो , सहकारीबाट हाम्रो अपेक्षा के, र हामीले सहकारीलाई दिन सक्ने समय लाई निकै ख्याल गर्न पर्छ ।
सहकारीको दर्ता खारेजी कस्तो अबस्थामा हुन्छ ?
– डिभिजन कार्यालय धादिङले यस वर्ष असार ८ गते को निर्णयबाट ६ वटा सहकारीको दर्ता खारेजी गरेको छ । संस्था दर्ता भउको पुरा ३ वर्ष सम्म त्यो संस्थाको संचालक कहाँ छ, संस्था कहाँ छ, त्यो पनि हामी फेला पारे नौ, ती सहकारीका सेयर सदस्यहरु समेत लाई बुझ्न जाँदा हामीलाई संस्था दर्ता भएको आफुलाई थाहा नभएको बताय पछि दर्ता खारेजी भएको हो । ३ वर्ष सम्म कुनै रेकर्ड नआउँदा डिभिजन सहकारी कार्याललयले फोनबाट जनकारी गराउँछ, त्यस पछि पत्र मार्फत जानकारी गराउँछ । त्यस बाट पनि उत्तर नआए सार्वजनिक सुचना जारी गरिन्छ । तव पनि कुनै जानकारी नआए पछि डिभिजन सहकारी कार्यालयले दर्ता खारेजी गर्छ ।
डिभिजन कार्यालयमा कुनै तथ्याङक छ, सहकारीले कति मानिसलाई रोजगारी दिएको छ र कति मानिस सहकारीमा आवद्ध छन् ?
अहिले जेष्ठ मसान्त सम्म डिभिजन सहकारी कार्यालयको तथ्याङ्कलाई हेर्ने हो भने विभिन्न सहकारीले ४४५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्ष रोजगारी भने धेरैले पाएका छन् । आवद्धताको कुरा गर्ने हो भने महिलाहरुको संख्या धेरै छ ३४ हजार ५ सय ६१ जना हुनुहुन्छ भने पुरुषहरु ३०हजार ५ सया २४ जना रहेका छन् । जम्मा धादिङमा ६५ हजार २ सय ९२ जना सहकारीमा आवद्ध छन् ।

 

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी 3% ब्याज दर मा ऋण दिन
तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क: adams.credi@gmail.com
तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।