असार ३२, काठमाडौं । 'उत्पादन वृद्धि गरौं आत्मनिर्भर बनौं' भन्ने नारासहित यस वर्षको बजेटले कृषि तथा सहकारी मन्त्रालयलाई रू. १२ अर्ब ४३ करोड १० लाख ८४ हजार विनियोजन गरेको छ । गतवर्ष रू. १० अर्ब ५२ करोड ३५ लाख २६ हजार विनियोजन गरिएको थियो । कृषि तथा सहकारीको क्षेत्रमा आर्थिक वर्ष२०६८/६९ को बजेटले गरेको व्यवस्थाको प्रमुख अंश :
* रासायनिक तथा प्राङ्गारिक मलमा अनुदान वृद्धि गरी रू.३ अर्ब विनियोजन* कृषि कार्यक्रमका निम्ति प्रत्येक गाउँ विकास समितिले प्राप्त गर्ने अनुदानमा १५ प्रतिशत
* कृषि औजार आयातमा भन्सार छूट
* दुग्ध उत्पादन तथा प्रशोधन व्यवसायको प्रवर्द्धनका लागि थप सुविधा
* रासायनिक मलको कारखानाका निम्ति १ सय मेगावाटसम्म ऊर्जा उत्पादन गर्ने छुट्टै आयोजनाको निर्माणमा जोड
* उच्च पहाडमा बीउ उत्पादन र भण्डारण, मलबीउ ढुवानी र सिँचाइ सुविधामा जोड
* फलफूल खेतीको सम्भाव्य स्थानलाई पकेटक्षेत्रका रूपमा विकसित गर्दै नसरी र प्रशोधन केन्द्र स्थापना निम्ति प्रोत्साहन
* अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने साना किसान सहकारी संस्थालाई मेशिन, औजार खरीदमा ५० प्रतिशत पूँजीगत अनुदानको व्यवस्था
* काठमाडौं उपत्यकामा कृषि थोक बजार स्थापना गर्नका निम्ति साना किसान सहकारी सङ्घलाई जमीन उपलब्ध गराउने योजना
* पशुको नश्ल सुधारका निम्ति उन्नत नश्लका भालेहरूको आयात र कृत्रिम गर्भाधानको सुविधालाई गाउँगाउँसम्म विस्तारको लक्ष्य र सहकारीमार्फत पशु प्रजनन केन्द्रको स्थापना गर्ने
* पशुपालक र माछापालक कृषकलाई सहुलियत ब्याजमा ऋण दिने साथै बाली तथा पशु बीमामा प्रिमियमको ५० प्रतिशत रकम अनुदानको व्यवस्था
* विपन्न वर्ग, महिला, दलित, आदिवासी जनजाति, द्वन्द्वपीडित तथा शैक्षिक युवा बेरोजगारलाई पशुपालन व्यवसाय सञ्चालन निम्ति विनाधितो प्रतिव्यक्ति रू. २ लाखसम्म ऋण उपलब्ध गराउने योजना बजेटको रहेको छ ।
* पछाडिएका क्षेत्र, वर्ग, धर्म, लिङ्ग, जातजाति, समुदायलगायतलाई सहकारीको माध्यमबाट उत्पादक शक्तिमा रूपान्तरण गर्ने योजना
* स्थानीय स्रोत, साधन र श्रमको उपयोग गरी 'समावेशी आर्थिक आधार' निर्माण गर्ने खम्बाका रूपमा सहकारीलाई स्थापित गर्ने रणनीति
* 'सहकारी कोष' खडा गरी आयआर्जनको काममा संलग्न बनाउन विशेष अनुदान र सुविधाको व्यवस्था
* सहकारी 'कृषि थोक तथा खुद्रा बजार' स्थापनामा जोड
* सहकारीखेती प्रणालीमा सिँचाइका लागि ५० प्रतिशत अनुदान
* झापाको पृथ्वीनगरमा बन्न लागेको 'साना किसान चिया सहकारी कारखाना'को निर्माणमा सहयोग
* सलाहीको लालबन्दीमा 'सस कारखाना' स्थापना गर्ने सहकारीलाई 'पूँजीगत अनुदान र सहुलियतपूर्ण कर्जा'को व्यवस्था
* दुग्धजन्य पदार्थ, चिस्यान केन्द्र र तरकारी तथा फलफूल प्रशोधन गर्ने मेशिन आयातमा भन्सार छूटको व्यवस्था
* गाउँका बहुउद्देश्यीय सहकारीलाई औचित्य हेरी ढुवानी साधन पैठारीमा भन्सार छूट
* उपत्यका र शहरी क्षेत्रमा यातायात मजदूरको सहभागितामा सहकारी स्थापना गरी भाडाको सवारीसाधनमा भन्सार छूटको व्यवस्था
* राष्ट्रिय सहकारी सङ्घको भवन निर्माणका निम्ति रू. १ करोड अनुदान ।
अभियान राष्ट्रिय दैनिकबाट साभार
0 comments:
Post a Comment