Wednesday, April 27, 2011

नेपालमा साताव्यापी विश्व भेटेरिनरी दिवस


abhiyan.com वैशाख १३, पोखरा 
 नेपाल भेटेरिनरी एशोसिएशनले अहिले 'विश्व भेटेरिनरी दिवस २०११' मनाउँदै छ । 'एउटै विश्व एउटै स्वास्थ्य : रेबिज उन्मूलन हाम्रो लक्ष्य' भन्ने मूल नारा रहेको सो दिवस नेपालमा साताव्यापी रूपमा मनाइरहेको एशोसिएशनका कार्यवाहक अध्यक्ष डा. विमलकुमार निर्मलले अभियानलाई जानकारी दिए ।
एशोसिएशनले पशु स्वास्थ्य र पशु विकासमा संलग्न विभिन्न सरकारी/गैरसरकारी सङ्घसंस्था र व्यक्तिको आर्थिक सहयोगमा वैशाख ११ देखि १७ गतेसम्म विभिन्न कार्यक्रमका साथ पोखरामा यो दिवस मनाइरहेको छ ।    

दिवसको अवसरमा वैशाख १२ देखि १४ गतेसम्म पोखरा र लेखनाथ नगरपालिकामा रेबिजविरूद्धको खोप लगाउने, कुकुरको स्थायी बन्ध्याकरण गर्ने, विद्यालयहरूमा रेबिज रोगसम्बन्धी निबन्ध प्रतियोगिता गर्ने कार्यक्रम रहेको छ । त्यस्तै १५ गते रक्तदान कार्यक्रम र उत्कृष्ट कुकुर प्रदर्शनी गरिनेछ भने १६ गते र्'बर्ड फ्लु' नियन्त्रण सरोकार गोष्ठी हुनेछ । गोष्ठीमा नेपालकै ठूला कुखुरापालक व्यवसायीहरूलाई सहभागी गराइने एशोसिएशनले बताएको छ । यसैगरी १७ गते बिहान प्रभातफेरीपछि रेबिजसम्बन्धी गोष्ठी सञ्चालन गरी कार्यक्रम समापन गरिने डा. निर्मलले जानकारी दिए ।

विश्वमा यो दिवस सन् २००० देखि मनाउन शुरू गरिए पनि नेपालमा विधिवत् रूपमा सन् २००९ देखि मनाउन थालिएको हो । हरेक वर्षको अप्रिल महीनाको अन्तिम शनिवार यो दिवस मनाइने गरिएको छ । यसैबीच विश्वमा भेटेरिनरी पेशा २ सय ५०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सन् २०११ लाई विश्व भेटेरिनरी वर्षमा रूपमा मनाउन लागिएको एशोसिएशनका सचिव डा. शीतलकाजी श्रेष्ठले बताए । साताव्यापी कार्यक्रममा नेपाल एनिमल साइन्स एशोसिएशन, नेपाल पाराभेटेरिनरी तथा लाइभष्टक एशोसिएशन, हिमालयन एनिमल रेस्क्यु टीम, हिमालयन एनिमल रेस्क्यु ट्रष्ट, पशु स्वास्थ्य तालीम तथा परामर्श सेवा, पोल्ट्री व्यवसाय, पशु सेवा क्लिनिक, एग्रोभेट सञ्चालकलगायतका सङ्घसंस्थाको प्रत्यक्ष सहभागिता रहेको छ ।

विश्वमा रेबिज उन्मूलन गर्ने उद्देश्यले विश्व भेटेरिनेरी एशोसिएशनले यो दिवसको नारामा रेबिजलाई प्रमुख महत्त्व दिएको हो । हाल विश्व भेटेरिनरी एशोसिएशनमा ७० राष्ट्र सदस्य छन् ।

विगत केही वर्षदेखि हिमालयन एनिमल रेस्क्यु ट्रष्ट (हार्ट)ले पोखरालाई रेबिजमुक्त नमूना शहर बनाउने उद्देश्यले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यो दिवसको अवसरमा हार्टले कुकुरको स्थायी बन्ध्याकरण गर्न र विद्यालयमा रेबिज शिक्षा प्रचारप्रसार गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसै अवसरमा हार्टले वैशाख १३ र १४ गते जिल्ला पशुसेवा कार्यालय, कास्कीमा कुकुरको नि:शुल्क बन्ध्याकरण शिविर पनि सञ्चालन गरेको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।