हरिकृष्ण गौतम
म्याग्दी,२० चैत
आत्म निर्भर बन्न सहकारी संस्थाको ठुलो भुमिका रहने आइतबार ५४ औ सहकारी दिवसको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरूले जोड दिएका छन् ।
सहकारी संघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा परनिर्भर अर्थतन्त्रको अन्त्य गर्न गाउँगाउँमा सहकारीको स्थापना गरि उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताइएको थियो ।
तिन दिन सम्म विविध कार्यक्रमका साथ मनाइएको सहकारी दिवस समापनको अवसरमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले सामाजिक र आर्थिक रुपान्तरणका लागि सहकारीले नियम अनुसार काम गर्नुपर्ने बताउनुभएको थियो ।म्याग्दी,२० चैत
आत्म निर्भर बन्न सहकारी संस्थाको ठुलो भुमिका रहने आइतबार ५४ औ सहकारी दिवसको अवसरमा म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरूले जोड दिएका छन् ।
सहकारी संघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा परनिर्भर अर्थतन्त्रको अन्त्य गर्न गाउँगाउँमा सहकारीको स्थापना गरि उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्ने बताइएको थियो ।
सोही कार्यक्रममा सहकारी संघ म्याग्दीका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठले एक ब्यक्ति धनी बन्ने नभई सवै नागरिकलाई धनी बनाउन सहकारी सञ्चालन गर्नु पर्नेमा जोड दिनुभएको थियो ।
सो कार्यक्रममा सहकारीको तर्फाट बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टंक हमालले सहकारी नियम अनुसार सञ्चालन भइरहेका सहकारीलाई राज्यले विषेश सुविधा दिनुपर्ने बताउनुभयो । म्याग्दीमा पुराना र नयाँ गरि १ सय ५० सहकारी संस्था सञ्चालनमा रहेका छन् ।






0 comments:
Post a Comment