२० चैत्र, पर्सा onlinekhabar
पर्सा जिल्लामा सहकारी संस्थाका कारण यहाँका नागरिकको जीवनयापनमा परिवर्तन आएको छ । सदरमुकाम वीरगन्जसहित जिल्लाका ग्रामीण भेगमा स्थापना गरिएका सहकारी संस्थाले सर्वसुलभ सेवा दिएका कारण निम्न वर्गका मानिसलाई अत्यधिक लाभ पुगेको छ ।
सहुलियत दरमा गाउँलेलाई आयआर्जन तथा सीपमूलक व्यवसाय सञ्चालनका लागि ऋण प्रवाह गरिरहेको डिभिजन सहकारी कार्यालय पर्साका निमित्त प्रमुख दुर्गा जैसवालले बताउनुभयो ।उहाँले पर्सामा सबै प्रकारका गरेर ३०० भन्दा बढी सहकारी संस्था क्रियाशील रहेका र उनीहरुले समुदायमा करोडौं रूपैयाँ लगानी गरेको जानकारी दिनुभयो ।
महिला सहकारी संस्थाका कारण पनि पर्सामा महिलाको जीवनस्तरमा परिवर्तन आएको महिला तथा बालबालिका कार्यालय पर्साकी महिला कार्यकर्ता सीता अर्यालले बताउनुभयो ।
उहाँका अनुसार महिला मालिक भएका सहकारी संस्था पर्सामा पाँचदर्जन भन्दा बढी छन् । सहकारी संस्थाका कारण आफूहरुको हरेक क्रियाकलापमा परिवर्तन आएको पर्साको विश्रामपुरमा रहेको एकता महिला बचत तथा सहकारी संस्थाकी अध्यक्ष सुखनी चमैनले बताउनुभयो । रासस
0 comments:
Post a Comment