भैरहवा, चैत १९ Nayabhawana National Daily
रुपन्देही जिल्लामा रहेका ५ सय ८८ सहकारी मध्ये निष्कृय रहेका ४४ सहकारी संस्था लाई डिभिजन सहकारी कार्यालयले दर्ता खारेज गरेको छ । गत असार सम्म निष्कृय रहेका ४४ वटा लाई प्रकृया पुरयाई खारेज गरीएको डिभिजन सहकारी कार्यालय रुपन्देही प्रमुख रमा आचार्यले बताउनु भयो । “ जिल्लामा अझै ५५ वटा सहकारी निष्कृय रहेकामा ति सहकारीहरु पनि कारबाहीको प्रक्रियामा छन्,” आचार्यले भन्नु भयो ।
दर्ता खारेजीमा परेका अधिकांश सहकारी बहुउद्धेश्यीय तथा कृषि संग सम्बन्धीत पुराना रहेको कार्यालयले जनाएको छ । सबै दर्ता खारेजी सहकारी स्वीकृत विनियम र सहकारी ऐन अनुसार भएको हो ।
२० बर्षअघि २७ बटा सहकारी रुपन्देहीमा संचालनमा आएका भएता पनि अहिले बगाहा, पजरकट्टी, बोधबार, खुदावगर र सक्रौनपकडी गरी ५ गाबिस बाहेक ६४ गाबिस र २ नगर पालिकामा ५ सय ८८ सहकारी संस्था संचालनमा रहेका छन् ।
जिल्लाका सहकारी मध्ये जिल्ला सहकारी संघ ५,बहुउद्धेश्यीय।कृषि २ सय २२, बचत तथा ऋण २ सय ५६,दुग्घ उत्पादक ६७, उपभोक्ता ८, यातायात, माछापालन, छापाखाना, सुचना तथा संचार, बिद्युत सहकारी,स्वास्थय र औद्योगि सहकारी एक । एक र अन्य २१ रहेका छन् ।
रुपन्देहीमा रहेका बिभिन्न सहकारो ग्राहक सदस्यहरुबाट गरेको बचत संलन फागुन मसान्त सम्म २ अर्ब ४२ करोड भन्दा बढी पुगेको छ । जिल्लामा रहेका ५ सय ८८ सहकारी मध्ये बचत तथा ऋण सहकारी गरी २ सय ५६ संस्थाले उक्त बचत रकम संकलन गरेको हो । “बचत संकलन, शेयर पुँजि, कर्जा प्रबाहर्, सर्वसाधारणको उत्साह, सहकारीको कार्यशैलि आदीलाई हेर्दा रुपन्देहीमा सहकारी सफल भएको कार्यालय प्रमुख रमा आचार्यले बताउनु भयो ।दर्ता खारेजीमा परेका अधिकांश सहकारी बहुउद्धेश्यीय तथा कृषि संग सम्बन्धीत पुराना रहेको कार्यालयले जनाएको छ । सबै दर्ता खारेजी सहकारी स्वीकृत विनियम र सहकारी ऐन अनुसार भएको हो ।
२० बर्षअघि २७ बटा सहकारी रुपन्देहीमा संचालनमा आएका भएता पनि अहिले बगाहा, पजरकट्टी, बोधबार, खुदावगर र सक्रौनपकडी गरी ५ गाबिस बाहेक ६४ गाबिस र २ नगर पालिकामा ५ सय ८८ सहकारी संस्था संचालनमा रहेका छन् ।
जिल्लाका सहकारी मध्ये जिल्ला सहकारी संघ ५,बहुउद्धेश्यीय।कृषि २ सय २२, बचत तथा ऋण २ सय ५६,दुग्घ उत्पादक ६७, उपभोक्ता ८, यातायात, माछापालन, छापाखाना, सुचना तथा संचार, बिद्युत सहकारी,स्वास्थय र औद्योगि सहकारी एक । एक र अन्य २१ रहेका छन् ।
जिल्लामा गत आर्थिक बर्षसम्म ५ सय २० सहकारी रहेकोमा यो आर्थिक बर्षको चैत्र १९ सम्म थप ६८ सहकारी दर्ता भएको कार्यालयले जनाएको छ ।
जिल्लाका सबै सहकारीहरुको शेयर पुँजि ३३ करोड ५० लाख ७९ हजार रहेको छ भने महिला शेयर सदस्य ३७ हजार ७ सय ९१ र पुरुष शेयर सदस्य ५८ हजार ६ सय तिन गरी ९६ हजार ५ सय ४१ शेयर सदस्य रहेका छन् ।
रुपन्देहीमा महीलाहरु समेत सहकारीमा सकृय भएर लागेका छन् । अहिले जिल्लामा महिला द्वारा संचालित सहकारी ४८ रहेको छ भने उनिहरुको शेयरपुजि ४१ लाख २१ हजार ७ सय र बचत २ करोड ७३ लाख ७९ हजार २ सय ४५ रुपैयाँ छ ।
यसै बिच आईतबार राष्ट्रिय सहकारी दिवस रुपन्देहीमा बिभिन्न कार्यक्रम आयोजना गरी मनाईदैछ । दिवसका अबसरमा डिभिजन सहकारी कार्यालय रुपन्देहीले अन्तरक्रिया, उत्कृष्ट सहकारी लाई पुरस्कृत र कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम तय गरेको छ । कार्यक्रम कृषि बिकाश बैंक तालिम केन्द्र मंगलापुरमा बिहान ११ बजे बाट सुरु हुने कार्यालयले जनाएको छ ।
0 comments:
Post a Comment