Friday, April 1, 2011

कृषकहरु व्यवसायीक कृषि पेशा तर्फ उन्मुख

प्रकाश डोटेल, स्याङ्जा-१९चैत्र । 
कृषि प्रविधिको विकाससगै जिल्लाका शहरी क्षेत्र सहित ग्रामीण भेगमा पछिल्लो समयमा कृषि पेशा फस्टाउन थालेको छ । जिविकोपार्जनको खेती गरि आम्दानी गर्दै आएका वालिङ् नगरपालिका-८ त्रियासी क्षेत्रका कृषकहरु अहिले व्यवसायीक कृषि पेशा तर्फ उन्मुख छन् ।
जिल्ला कृषि विकास कार्यालयको सहयोगमा जिल्लाका विभिन्न स्थानमा विक्रीवितरणको लागि कृषि उपज संकलन केन्द्रको स्थापना गरिएको छ । संकलन केन्द्र स्थापना भएपछि राहत महशुस भएको छ । कृषकहरुको साझा पहल र लगानीमा त्रियासीमा कृषि वित्तिय सहकारी संस्था समेत संचालनमा ल्याएका छन् । पूर्वाधार व्यवस्थित हुन थालेपछि कृषकहरु व्यवसायीक कृषि पेशा तर्फ उन्मुख हुन् ।
जिल्लामा कृषि उपज संकलन केन्द्रहरु प्रशस्त भएपनि वित्तिय सेवा प्रदान गर्ने यो जिल्लाकै पहिलो कृषि वित्तिय सहकारी संस्था हो । कृषकहरुलाई सहुलियत व्याजदरमा विनाधितो ऋण उपलब्ध हुदा कृषकहरुलाई काम गर्न सजिलो भएको कृषकहरु बताउँछन् । सहरी क्षेत्रका मात्र नभएर ग्रामिण क्षेत्रका उत्पादीत कृषिजन्य बस्तुहरुको ढुवानीको लागि सहज होस भनेर कृषकहरुकै सकि्रयतामा ग्राभिड रोपवे समेत साचालनमा ल्याएका छौं । कृषि फलफुल व्यवस्थापन सहकारी संस्थाका अध्यक्ष केदार काफ्ले भने कृषकहरुले उत्पादनमा वृद्धि गरेका छन् । कृषकहरु थप उत्साहित बनेका छन् । व्यवसायीक कृषि उत्पादन उन्मुख छौं ।
ग्रामिण क्षेत्रमा उत्पादीत कृषिजन्य वस्तुहरुले समेत समयमै बजार पाउन थालेको कृषकहरु बताउँछन् । जिल्लाका वालिङ नगरपालिका छाङछाङदी जगतभाज्याङ स्वरेक मनकामना सहित करिव एक दर्जन गाविसका कृषकहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । स्थानिय स्तरमा उत्पादित उत्पादनहरु देश भित्रका प्रमुख बजारमा विक्रीवितरण हुने गर्दछ । यहाँ उत्पादीत गोलभेडा केहि वर्ष पहिलेबाट भारत निर्यात हुदै आइरहेको छ । कृषिजन्य वस्तुहरुमा मौसमी तथा बेमौसमी तरकारी र फलफुल खेतीको उत्पादन बढि हुने गरेको छ ।
ईच्छा अनुसार काम गर्न सहज रुपमा ऋण प्राप्त हुनेपछि पछिल्लो ६ महिनामै करिव ५० कृषक घरपरिवार व्यवसायीक कृषि पेशामा लागेका छन् । सहकारीको अवधारणाबाट अगाडी बढ्दा बचत गर्न पनि सजिलो भएको छ । स्थानिय कृषक कृष्ण लामिछानेले भने प्रत्येक वर्ष आम्दानी वढ्दै गएको छ । उत्पादनको दृष्टिकोणले कृषकहरुले वार्षिक रुपमा लाखौ आम्दानी गर्न सफल भएपनि अझैपनि उचित मूल्य नपाएको कृषकले गुनासो गरे । कतिपय अवस्थामा प्राविधिक ज्ञानको अभावले समेत उत्पादीत बस्तुहरु नष्ट भएर जाने गरेको छ ।
कृषि पेशालाई सरकारी स्तरवाट आवश्यक चासो नदिएको कारण पनि स्थानिय स्तरवाट सवै समस्याको समाधान गर्न नसकिएको जिल्ला कृषि विकास कार्यालय स्याङ्जाका प्रमुख चेतनाथ अधिकारी बताए । स्याङजा जिल्लामा विशेष गरि मौसमी तथा बेमौसमी तरकारी गोलभेडा अदुवा कफी लगायतका कृषिजन्य वस्तुहरु उत्पादनको उपयुक्त माटो र वातावरण रहेको बताईन्छ । जिल्लामा वार्षिक रुपमा सुन्तालाबाट मात्रै करिव ५ करोड भित्रिने गरेको तथ्याङ्क रहेको छ ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।