काठमाडौं, २३ फागुन / विनाविभागीय शिक्षा मन्त्री गंगालाल तुलाधरको सम्पति कति होला रु अनुमान गर्नुस्–बैंक ब्यालेन्स, गाडी, काठमाडौंमा घर आदि । तर यो अनुमान गर्नुभयो भने गलत सावित हुन्छ । मन्त्री तुलाधरको सम्पति भैंसी, टिभी, कम्प्युटर र क्यामेरा छ । अनि दुईवटा सहकारीमा ८ हजारको शेयर पनि रहेछ उनको । आफूले कमाएको होइन, पैतृक सम्पति भाग लगाउँदा आएको २२ रोपनी २ दाम जग्गा पनि रहेछ । तर, त्यो पनि काठमाडौंमा होइन धादिङमा । बरु उनको सम्पतिको तुलनामा ऋण धेरै रहेछ ।
तुलाधरले मन्त्री परिषद सचिवालयमा पेश गरेको विवरण अनुसार उनको आमासँग ३ तोला सुनको गहना र श्रीमतीसँग ३ तोला पुरानो गहना रहेको तथा नेपाल बैङ्कमा रु ६९ हजार ऋण रहेको छ । नवयुग सहकारी संस्थामा रु तीन हजारको सेयर र गङ्गालाल तुलाधर जनकल्याण सहकारी संस्थामा रु पाँच हजारको सेयर रहेको छ ।
उनले पढाइ र घरखर्चका लागि गोकर्ण पौडेल, अनिल श्रेष्ठ, ज्योति अधिकारी, पुष्प रुपाखेती र कृषि विकास बैंक धादिङबाट रु नौ लाख ५० हजार ऋण लिएका छन् ।

0 comments:
Post a Comment