फागुन २४ गते
व्यावसायिक पशुपालनका लागि कृषकले चैतदेखि सहुलियत ब्याजदरमा कर्जा पाउने भएका छन् । मासुको उत्पादन बढाउन सरकारले चालू आर्थिक वर्षको बजेटमा ल्याएको कार्यक्रमअनुसार अर्थ मन्त्रालयबाट कार्यविधिसहित पहिलो किस्ताको रकम निकाश भएपछि कर्जा लगानीको बाटो खुलेको हो ।
किसानले सहुलियत ब्याजदरको कर्जा साना किसान बैंकमार्फत पाउनेछन् । किसानसँग कर्जाको लागि आवेदन मागिएको र चैतबाट कर्जा दिन सुरु गरिने साना किसान विकास बैंकका अध्यक्ष खेम पाठकले जानकारी दिए । “कर्जा उपलब्ध गराउन बैंकमा आवद्ध साना किसान सहकारी र सदस्यसँग फागुनभित्र आवेदन मागेका छौं,” पाठकले कारोबारसँग भने, “चैतबाट कर्जा दिने तयारीमा छौं ।”व्यावसायिक पशुपालनका लागि कृषकले चैतदेखि सहुलियत ब्याजदरमा कर्जा पाउने भएका छन् । मासुको उत्पादन बढाउन सरकारले चालू आर्थिक वर्षको बजेटमा ल्याएको कार्यक्रमअनुसार अर्थ मन्त्रालयबाट कार्यविधिसहित पहिलो किस्ताको रकम निकाश भएपछि कर्जा लगानीको बाटो खुलेको हो ।
अर्थ मन्त्रालय र बैंकबीच गत माघमा यससम्बन्धी सम्झौता भएको थियो । सम्झौताअनुसार बैंकले वार्षिक १ प्रतिशतमा कर्जा पाउँनेछ । बैंकले सहकारीलाई वार्षिक ५ प्रतिशत र सहकारीले किसानलाई ९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने छ । तर, समयमा कर्जा चुक्ता नभएमा बैंकले ५ प्रतिशत, सहकारीले ९ प्रतिशत र किसानले १५ देखि १८ प्रतिशतसम्म व्याज फिर्ता गर्नुपर्ने छ । कर्जाको नियमनका लागि अर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा समिति यसअघि नै बनिसकेको छ । किसानले यस्तो कर्जा मासु उत्पादनका लागि बाख्रा, भैंसी, राँगा, सुंगुर र बंगुरपालनमा खर्चनुपर्ने छ ।
कार्यक्रमका लागि विनियोजन भएको एक अर्ब रुपैयाँमध्ये अर्थ मन्त्रालयले बैंकलाई ३० करोड रुपैयाँ निकासा गरिसकेको छ । बैंकले यो रकम आफ्ना सदस्य साना किसान सहकारीमार्फत व्यावसायिक पशुपालक कृषकमा लगानी गर्नुपर्नेछ ।
बैंकले पनि लगानीका लागि कार्यविधि बनाउन लागेको जनाएको छ । “कर्जा लगानीका लागि कार्यविधि बनाउँदैछौं,” पाठकले भने, “कार्यविधिअनुसार प्राप्त प्रस्ताव अध्ययन गरेर ऋण प्रवाह गछौं ।” ऋण लगानी अगाडि सहकारीले कृषकलाई पशुपालनका साथै अन्य आवश्यक जानकारी उपलब्ध गराउन तालिम दिन लागिएको पाठकले बताए ।
हाल ४२ जिल्लामा २ सय ४२ वटा साना किसान सहकारी संस्था सञ्चालनमा छन् । १ लाख ८५ हजार सदस्य रहेको ती संस्थाहरूले हालसम्म तीन अर्ब ५० करोड पुँजी परिचालन गरेको बताइएको छ ।

0 comments:
Post a Comment