Monday, March 7, 2011

सहकारी लेखा व्यवस्थापन तालिम संचालन

धादिङबेसी फागुन २३ गते
सहकारीमा हिसावलाई व्यवस्थित पार्न एक हप्ते सहकारी लेखा व्यवस्थपन तालिम संचालन भैरहेको छ ।
डिभिजन सहकारी कार्यालय धादिङको स्वीकृत वार्षिक कार्यक्रम अनुसार जिल्लाको महादेवबेसीमा फागुन १९ गते देखि ७ दिन सम्म चल्ले  यस लेखा व्यवस्थपन तालिमलाई डिभिजन सहकारी कार्यालय धादिङका अध्यक्ष रुद्र पोडेल, सहकारी विभागका विष्णु प्रसाद घिमिरे र  डिभिजन सहकारी कार्यालय धादिङका सहायक निरिक्ष महेश्वर ढकालले सहजकिरण गरि रहनु भएको डिभिजन सहकारी कार्यालय धादिङले जानकारी दिएको छ  ।
अहिले थाँक्रे, भुमेस्थान, नौविसे, गोगनपानी, र तसर्फु गाविसमा रहेका सहकारीका २७ जना सहकारी कर्मीहरुले   तालिम लिइ रहेका छन्  

1 comments:

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।