Friday, March 25, 2011

सहकारीले मेडिकल कलेज सञ्चालन गर्ने


कारोवार दैनिक चैत्र ११
नेपाल स्वास्थ्य सेवा सहकारीले मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । ३ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने कलेज सहकारीले सञ्चालन गर्ने पहिलो मेडिकल कलेज हुने संस्थाले जनाएको छ ।
‘मनमोहन मेमोरियल इन्स्टिच्युट अफ मेडिकल साइन्स’ को नाममा शिक्षा मन्त्रालयले आवश्यक तयारी गर्न संस्थालाई स्वीकृति ९एलओआई० दिएको छ ।
कलेजका लागि आवश्यक शिक्षण हल, पुस्तकालय, छात्रावास, शिक्षण अस्पताललगायत आवश्यक भौतिक पूर्वाधारको निर्माण गरी आगामी कात्तिकबाट सञ्चालनमा ल्याउने तयारी गरेको अध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । कलेजबाट वार्षिक एक सय ५० जना चिकित्सक उत्पादन हुने पाण्डेको भनाइ छ ।
पूर्वाधारअन्तर्गत २५ रोपनी जग्गामा स्वम्भूमा ९ सय शøयाको शिक्षण अस्पताल भवन निर्माणको शनिबार प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।
जनतामा सरल रूपले स्वास्थ्य सेवा पु¥याउने लक्ष्यका साथ २०६२ सालमा २८ जना सेयर सदस्यबाट प्रतिव्यक्ति एक लाख एक हजार सेयर लगानी गर्दै सहकारी स्थापना भएको हो । संस्थामा हाल एक हजार पाँच सय ८१ जना सेयर सदस्य पुगेको र सेयर पुँजी २५ करोड पुगेको अध्यक्ष पाण्डेले जानकारी गराए ।
मेडिकल कलेज सञ्चालनका लागि कुल लगानी तीन करोडमध्ये संस्थाको रकमबाट अपुग रकम बैंकबाट ऋण लिइने पाण्डेले जानकारी दिए ।
संस्थाले कलेजमा चिकित्सक पढ्नका लागि आफ्ना सेयर सदस्यका छोराछोरीलाई भर्नामा २० प्रतिशत छुट दिने बताएको छ । त्यस्तै संस्थाको अति विपन्न कोषमार्फत गरिब जेहेन्दार विद्यार्थीलाई निःशुल्क रूपमा अध्ययन गराउने पाण्डेले भने, “तर उनीहरूले संस्थाले विभिन्न क्षेत्रमा सञ्चालन गरेको अस्पतालमा  निश्चित अवधि सेवा गर्नुपर्ने हुन्छ ।”
संस्थाले हाल सीटीईभीटीको सम्बन्धनमा मनमोहन मेमोरियल इन्स्टिच्युटमार्फत विभिन्न विषयका शैक्षिक जनशक्तिसमेत उत्पादन गर्दै आएको छ । इन्स्टिच्युटमा बिएस्सी नर्सिङ, ब्याचलर अफ फार्मेसी, ब्याचलर अफ पब्लिक हेल्थ तथा सीटीईभीटीअन्तर्गत सामान्य चिकित्सा, ल्याब असिस्टेन्ट र स्टाफ नर्स गरी ७ वटा विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । इन्स्टिच्युटमा हाल ६ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यस्तै संस्थाले २०६३ सालदेखि ठमेलमा एक सय शøयाको मनमोहन मेमोरियल सामुदायिक अस्पतालसमेत सञ्चालन गरिरहो छ । अस्पतालमा सहकारीका सेयर सदस्यका साथै सर्वसाधारणलाई सरल र सहज रूपमा सेवा दिइएको पाण्डेले दाबी गरे ।
सहकारीले पाँचै विकास क्षेत्रमा एक÷एकवटा एक सय शøयाको अस्पताल निर्माण गर्न लागेको छ । इटहरी, लालबन्दी, बुटबल, सुर्खेत र कैलालीमा सहकारी अस्पताल सञ्चालनको तयारी गरिएको अध्यक्ष पाण्डले जानकारी दिए ।

0 comments:

Post a Comment

साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी र मह प्रशोधन गर्ने औजारको खरिदलगायतको पुँजीगत खर्चमा ५० प्रतिशत अनुदान दिने व्यवस्था बजेटमा गरिएको छ । ।।। धादिङमा बहुउद्धेश्यीय सहकारीहरु ३९, बचत तथा ऋण सहकारीहरु ७६, कृषि सहकारीहरु १०२, साना किसान कृषि सहकारीहरु २३, फलफुल तथा तरकारी सहकारीहरु २०, दुग्ध उत्पादक सहकारीहरु २२, विद्युत सहकारीहरु ५, चिया कफि सहकारीहरु ३, शैक्षिक सहकारी १, स्वस्थ्य सहकारी २, यातायात सहकारी १, संचार सहकारीहरु ४, जडिबुटी सहकारीहरु ४ र उपभोक्ता सहकारी गरी ३०० संस्थाहरु र विषयगत संघहरु ४ र १ जिल्ला सहकारी संघ गरी ३०७ संघ संस्थाहरु रहेका छन् । यहाँका २४५ महिला र १५६पुरुषलाई सहकारीले प्रत्यक्ष रोजगारी दिएको छ भने जिल्लामा २६ हजार ५ सय १७ महिलाहरु र २३ हजार ९ सय ५१ पुरुषहरु सहकारीमा आबद्ध भएका छन् ।